कला

भारतीय गायक सनम पुरीले गरे विवाह

भारतीय गायक सनम पुरीले विवाह गरेका छन्। बिहीबार उनले नागाल्याण्डमा परिवार र साथीहरूको उपस्थितीमा प्रेमिका जुचोबेनी तुंगोसँग विवाह गरेका हुन्।

उनीहरूको विवाहको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।उनीहरूले क्रिश्चियन रितिरिवाज अनुसार विवाह गरेका छन्।

तुंगो गायिका तथा मोडल हुन्। सनम पुरी हिन्दी कभर गीत सुन्ने धेरैका प्रिय गायक हुन्।

गत वर्ष ११ मार्च २०२३ मा सनम पुरी र जुकोबेनी टुङ्गोले एक अर्कासँग इन्गेजमेन्ट गरेका थिए। 

प्रकाशित: २७ पुस २०८० १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App