कला

केजीएफपछि १५ करोडबाट १५० करोडमा पुग्यो यशको पारिश्रमिक

कन्नड सुपरस्टार यशले आज आफ्नो ३८ औं जन्मदिन मनाउँदै छन्। सन् २०१८ मा आएको फिल्म केजीएफबाट उनको लोकप्रीयता बढेको छ।

केजीएफपछि उनी सन् २०२२ मा केजीएफ २ मा देखिए। यो फिल्म सो वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बन्यो।

यी दुई फिल्मले यशलाई धेरै उचाइमा पुर्‍याएको छ। नसले गर्दा अहिले उनको हातमा ठूला फिल्महरु छन्। सुरुमा यश व्याकग्राउन्ड डान्सरमा रूपमा आएका थिए। त्यसपछि उनले असिस्टेन्ट निर्देशकको रूपमा सानातिना काम गरे।

तर अहिले उनै यशको फिस बढेर १५० करोड भारु पुगेको छ। केजीएफका लागि यशले १५ करोड पारिश्रमिक लिएका थिए। केजीएफ २ मा यो बढेर दोब्बर भयो।

अब रामायणमा भने यशले १०० देखि १५० करोड भारुको माग गरेको बताइएको छ। यसका लागि उनले कम्तीमा पनि १०० करोड भारु लिन सक्ने र बाँकी पैसा उनको सुटिङ डेजमा भर पर्ने बताइएको छ।

प्रकाशित: २३ पुस २०८० १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App