कला

दोस्रो पटक विवाह गर्दै अरबाज खान

बलिउड अभिनेता अरबाज खान विवाह गर्दै छन्। अभिनेता अरबाजले दोस्रो पटक विवाह गर्न लागेका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार ५६ वर्षीय अभिनेता अरबाजले प्रेमिका शुरा खानसँग विवाह गर्दै छन्। उनीहरुको  विवाह २४ डिसेम्बरमा हुँदै छ।

शुरा मेकअप आर्टिस्ट हुन्। 'पटना शुक्ला' को छायांकन सेटमा उनीहरूको पहिलो भेट भएको थियो।

अरबाजको ६ वर्षअघि अभिनेत्री तथा मोडल मलाइका अरोरासँग डिभोर्स भएको थियो। 

प्रकाशित: ५ पुस २०८० १२:४६ बिहीबार

अभिनेता अरबाज खान शुरा खान