कला

राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेकोप्रति उषा रजकले मागिन् माफी

अभिनेत्री उषा रजकले अभिनेता राजेश हमाललाई  ‘ओभररेटेड एक्टर’ भनेकोप्रति माफी मागेकी छिन्।

हालैको एक टेलिभिजन कार्यक्रममा उनले ‘हमाल ओभररेटेड एक्टर’ भएको भन्दै आलोचना गरेका थिइन्। हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले अभिव्यक्ति समेत राखेकी थिइन्। रजकको यस्तो अभिव्यक्तिपछि उनको आलोचना भइरहेको थियो।

उनले लेखेकी छन्, ‘म, उषा रजक, हाम्रा वरिष्ठ अभिनेता राजेश हमालजीसँग माफी माग्न चाहन्छु। मैले गरेका टिप्पणीहरू कमेडी कार्यक्रममा गरिएका थिए र ती टिप्पणीहरूलाई कहिल्यै गम्भीरतापूर्वक लिइने अपेक्षा थिएन। उहाँको बौद्धिकताबाट प्रेरित, मैले हाम्रा महानायकको बारेमा, उहाँको महान् कार्य र योगदानहरूको बारेमा धेरै राम्रा कुराहरू पनि भनेकी थिएँ। तर मेरै दुर्भाग्यवश ती अभिव्यक्तिहरू डिजिटल तारहरू बिच कहीँ कतै हराए। अरू कसैलाई दोष नदिई, कुनै बहाना नबनाउँदै म मनदेखि माफी माग्दछु। आखिर शब्द मेरै हुन्। मैले भनेको कुराको लागि म आफै माफी माग्दछु।’

प्रकाशित: २८ आश्विन २०८० ०८:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App