कला

भक्तपुरमा छन्द कविता

समग्र अध्ययन अनुसन्धान केन्द्र, नेपालको आयोजनामा संविधान दिवसका अवसरमा कमलविनायक, भक्तपुस्थित रोम्बस कलेजमा साहित्य सञ्चार कार्यक्रमको पहिलो शृंखलामा छन्द कविता वाचन भएको छ।

संंस्थाका अध्यक्ष छन्द विज्ञान निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट रहेका थिए। संस्थाका सचिव रामकुमार खडकाको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा कोषाध्यक्ष मुकेश तिमिल्सिनाले स्वागत मन्तव्य दिएका थिए।

कविता वाचन समारोहमा नारायणप्रसाद निरौला, गणेश घिमिरे ‘मार्मिक’, लुमणिप्रसाद खनाल, रामशरण न्यौपाने, डा. राजेन्द्र कोजू, सुशीला धमला, डिल्लीप्रसाद मूलतिहुन, शान्ति सापकोटा, देवीप्रसाद मिश्र एवम् छन्दविज्ञान निरौलाले कविता वाचन गरेका थिए। कार्यक्रममा अधिकांश कविले छन्द कविता वाचन गरे पनि केही कविले गद्य कविता वाचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि डा. पुष्करराज भट्टले वाचित कविताको टिप्पणी गरेका थिए। उनले वर्तमानका अधिकांश कविले राजनीतिकर्मीका दोष पक्ष मात्र देखाउने गरेकाले अबका दिनमा नेपाली स्रष्टाहरूले पृथक विषयवस्तु एवं कलाका माध्यमबाट अघि आउनुपर्ने बताएका थिए। रोम्बस कलेजका प्रमुख एवं संस्थाका उपाध्यक्ष डा. राजेन्द्र कोजूले समग्र अध्ययन अनुसन्धान केन्द्रले ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा काम गरिरहेको बताए। कार्यक्रममा काठमाडौं वरपरका ३० जति स्रष्टाको उपस्थिति रहेकाे थियो।    

प्रकाशित: ५ आश्विन २०८० ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App