कला

भोटी लिपि चित्रकला प्रदर्शनी

भारतीय राजदूतावास काठमाडौं, बिपी कोइराला भारत-नेपाल फाउन्डेसन र नेपाल बौद्ध महासंघले संयुक्त रूपमा नेपाल कला परिषद्मा सम्भोता/भोटी लिपि सम्बन्धी दुई दिने चित्रकला प्रदर्शनी तथा कार्यशाला आयोजना गरेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, नेपाल बौद्ध महासंघका अध्यक्ष खेनपो कमल भण्डारी र बौद्ध दर्शन प्रवर्धनका अध्यक्ष खेनपो गेसे थुप्तेन जिक्डोलले संयुक्त रूपमा कार्यशालाको उद्घाटन गरे।

सिक्किम भारतबाट आएका क्यालिग्राफर जाम्याङ दोर्जीले पवित्र बौद्ध मन्त्रहरूको सुलेखन प्रयोग गरेर कोरिएका ४० भन्दा बढी क्यालिग्राफिक चित्रहरू प्रदर्शनीमा राखिएका छन्। उक्त कार्यक्रममा दोर्जीले सहभागीहरूलाई सम्भोता लिपिको शैली र प्रयोगको प्रत्यक्ष प्रर्दशन गरी सो लिपिमा आफ्नो नाम लेख्न सिकाएका थिए।

कार्यक्रममा सांसद, विभिन्न गुम्बाका प्रतिनिधि, बौद्ध संघसंस्था तथा भोट एवम् बौद्धधर्म अध्यनरत विद्यार्थीहरूको उपस्थिति थियो। प्रदर्शनी नेपाल कला परिषद्मा भदौ २९ र ३० गते सञ्चालन हुने छ।

प्रकाशित: ३० भाद्र २०८० ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App