कला

चौथो विलोम अभ्यासमा कथाकार भागिरथी श्रेष्ठ

नेपाली लघुकथाकारहरूसँग भेटघाट, वार्ता र लघुकथा केन्द्रित संवादका माध्यमबाट लघुकथाको उन्नयनमा सहयोग पुर्‍याउने उद्देश्यले थालिएको लघुकथा अभ्यास ‘विलोम’को चौथो अभ्यास कथाकार भागिरथी श्रेष्ठसँग भएको छ।

‘विलोम’को उद्देश्यअनुरूप चौथो भेटघाट मूलतःआख्यान विधाअन्तर्गत कथाकारको पहिचान बनाएकी सशक्त हस्ताक्षर श्रेष्ठसँग भएको हो।

लघुकथाबारे कुराकानी गर्ने क्रममा स्रष्टा श्रेष्ठसँग नेपाली लघुकथाको इतिहासदेखि लघुकथा के हो र कस्तो हुनुपर्छ, वर्तमानमा लघुकथा लेखनमा देखापरेका प्रवृत्ति, लघुकथाले समेटेका विषय, लघुकथाको स्तरीयता, लघुकथाको भविष्य र उनको लघुकथा लेखनबारे तीन घण्टा जति कुराकानी भएको थियो।

लघुकथाकारहरू-विनोद नेपाल, दीपक लोहनी र ममता मृदुलले थालेको उक्त अभियानकाे  चौथो अभ्यास स्रष्टा श्रेष्ठको निवास चपली,काठमाडौमा भएको हो। यसको पहिलो अभ्यास २०७९ फागुन ३ गते गरिएको थियो।  

प्रकाशित: २७ भाद्र २०८० ०४:२३ बुधबार

अक्षर