कला

'चरी जस्तै उड्न पाए'को भिडियो सार्वजनिक

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। चरी जस्तै उड्न पाए बोलको गीतमा प्रियंका छमछमी नाँचेकी छन्। मेलिना राईको स्वर रहेको गीतमा मञ्जुला राजकर्णीकारको शब्द रहेको छ भने संगित बसन्त सापकोटाले दिएका छन्। म्युजिक भिडियोको निर्देशन कविराज गहतराजले गरेका छन् भने छायांकन शिवराम श्रेष्ठको छ।

प्रकाशित: ९ भाद्र २०७४ ०९:५४ शुक्रबार

चरी जस्तै उड्न पाएको भिडियो सार्वजनिक