कला

बिर्सन नसकिने त्यो दिन

सम्झनामा भदाै १६

प्रत्येक वर्ष भदौ १६ आउँदा आजभन्दा १९ वर्षअघिको भयानक दिन स्मृतिपटलमा आउँछ। हाम्रो मुलुकमा भएका ठुला घटनामध्येमा यो दिन एक हो।

इराकमा १२ जना नेपालीलाई त्यहाँको आतंककारी समूह अन्सर अल सुन्नाले हत्या गरेको एउटा भिडियो इन्टरनेटमा राखिएको थियो। त्यो भिडियो सर्वजनिक भएसँगै उद्वेलित नेपाली समाजको आगोमा घिउ थपेकोजस्तो अवस्था आयो। ती नेपालीलाई भदौ ५ मा आतंककारी समूहले अपहरण गरेको थियो।

अपहरणपछि हत्या गरेको भिडियो सार्वजनिक भएपछि भदौ १५ को साँझ नै तनावग्रस्त भइसकेको थियो। कतै केही भइहाल्लाजस्तो भयको वातावरण देखिन्थ्यो। १६ गते बिहानैदेखि राजधानी तनावग्रस्त थियो। विशेषगरी त्यो दिन ‘तीन एम’ अर्थात् मिडिया, मस्जिद र म्यानपावरमाथि बेहिसाब आक्रमण भयो।

हामी विगतबाट पाठ नसिक्ने मानिस हौं। त्यसैले कुनै एउटा घटनालाई त्यतिमै हेर्न र बिर्सन अभिशप्त छौं। भदौ १६ कै शैलीमा फेरि पनि आक्रमणको वातावरण यहाँ बनाइँदै गरेको देखिन्छ। मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि यसले काम गर्न सक्दैन भन्ने भाष्य निर्माण भइरहेको छ।

म्यानपावरका कार्यालयका भित्रभित्र पुगेर आक्रमण गरिएको थियो। मिडियाका कार्यालयमा आक्रमण पनि छानीछानी भएको थियो। त्यसमा सबैभन्दा धेरै कान्तिपुर र स्पेस टाइम्सका कार्यालयमा आक्रमण भयो। मस्जिदमा भएको आक्रमण पनि छनोटपूर्ण थियो।

त्यो बेला एकातिर प्रमुख दलप्रति आजकै जस्तो असन्तुष्टि थियो। राजा ज्ञानेन्द्र शासनमा थिए। दलहरूको मिलीजुली सरकार थियो। तर, त्यो बेला यस्तो आक्रमण गरेर समाजलाई उद्वेलित गर्ने र तर्साउनुपर्नेलाई तर्साउने उद्देश्य राखिएको थियो।

आक्रमणको प्रयास धेरै अघिबाट भए पनि उपयुक्त समयको प्रतीक्षा गरिएको हो। सडकमा यो तहको बबन्डर हुन्छ भन्ने पूर्वाभ्यास भएर पनि प्रहरीलगायतका सुरक्षाकर्मी खटाइएको थिएन। यस्तो विस्फोटक अवस्था हुँदा पनि सुरक्षाकर्मी तैनाथ गर्ने वा बिहानैदेखि निषेधाज्ञा जारी गर्नेतिर किन ध्यान गएन? उद्देश्य प्रस्ट थियो-मिडियालाई पनि तह लगाउनु। यही मौकामा आफूलाई मन नपरेका व्यक्तिमाथि आक्रमण गर्न सहज हुन्थ्यो।  

भदौ १६ को काण्ड भएको केही समयपछि एउटा रिपोर्ट छापिएको थियो, जसमा कुन कुन ठाउँमा आक्रमण गर्ने भन्ने ‘ब्ल्युप्रिन्ट’ पहिल्यै तय भएको थियो। त्यसैअनुसार आक्रमण गरेर समाजमा अमनचयन नभएको सन्देश दिन खोजिएको थियो। त्यसको प्रत्यक्ष असर तत्कालीन सरकारलाई पर्ने नै भयो। आफूसँग भएका सुरक्षा निकायलाई परिचालन गरी शान्ति कायम गराउन सरकार अक्षम भएको सन्देश त्यसले दिएको थियो।  

कान्तिपुरमा आक्रमण भएको निकैपछि मात्र त्रिभुवन विमानस्थलमा क्रियाशील नेपाली सेना परिचालन भएपश्चात् थोरै भए पनि रोक्न सहज भएको थियो। त्यो बेलाका गृहमन्त्री (हाल रक्षामन्त्री) पूर्णबहादुर खड्का क्षतिबारे जानकारी लिन कान्तिपुर परिसरमै पुगेका थिए। त्यो बेला जताततै आगजनी र तोडफोड भएको थियो। 

आक्रमणको प्रयास धेरै अघिबाट भए पनि उपयुक्त समयको प्रतीक्षा गरिएको हो। सडकमा यो तहको बबन्डर हुन्छ भन्ने पूर्वाभ्यास भएर पनि प्रहरीलगायतका सुरक्षाकर्मी खटाइएको थिएन।

 सडकमा कतै निस्किन सक्ने अवस्था थिएन। जताततै टायर बालेर आतंकित पारिएको थियो। टायर बालेका कारण सवारी निकाले पनि पन्चर हुने अवस्था थियो। फर्निचरका काँटी, छरपस्ट तार, सिसा आदिले सडकलाई भयावह बनाएका थिए। सडक अँगारजस्तो कालो भएको थियो।

यो सबै गराउनुपछाडिको उद्देश्य कुनै न कुनै रूपमा सरकार असफल भएको देखाउनु थियो। तत्कालीन राजा ज्ञानेन्द्रले परिस्थिति परिपक्व हुँदै गएको ठानेका थिए। त्यही भएर त्यो बेला त्यत्रो ठुला आतंक हुन्जेलसम्म कतैबाट रोक्ने प्रयास भएन। सबैतिर ध्वस्त पारिसकेपछि बल्ल निषेधाज्ञा जारी गरिएको थियो।

यो घटनालाई मात्र छुट्टै हेर्न सकिँदैन। माघ १९, २०६१ मा ‘शाही कु’ आयोजना गर्नुअघि यस्तो काण्ड गराइएको हो। भदौ १६ को घटनाको पाँच महिनापछि सुरु भएको राजाको प्रत्यक्ष शासनले मुलुकलाई पूर्ण रूपमा अलोकतान्त्रिक बाटोमा लगेको थियो। दलहरू अलोकप्रिय रहेका बेला ‘शाही कु’ गर्दा सहज हुने ठान्नु स्वाभाविक हो। र, स्वभावैले त्यतिबेला केहीले दीपावली गरेर ‘कु’ को स्वागत गरेका थिए।

सडकमा कतै निस्किन सक्ने अवस्था थिएन। जताततै टायर बालेर आतंकित पारिएको थियो। टायर बालेका कारण सवारी निकाले पनि पन्चर हुने अवस्था थियो। फर्निचरका काँटी, छरपस्ट तार, सिसा आदिले सडकलाई भयावह बनाएका थिए। सडक अँगारजस्तो कालो भएको थियो।

हामी विगतबाट पाठ नसिक्ने मानिस हौं। त्यसैले कुनै एउटा घटनालाई त्यतिमै हेर्न र बिर्सन अभिशप्त छौं। भदौ १६ कै शैलीमा फेरि पनि आक्रमणको वातावरण यहाँ बनाइँदै गरेको देखिन्छ। एकातिर प्रमुख दलहरू फेरि पनि बदनामीको शिखरमा छन्, अर्कातिर आम नागरिकमा चरम असन्तुष्टि र विशृङ्खलता देखिन थालेको छ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि यसले काम गर्न सक्दैन भन्ने भाष्य निर्माण भइरहेको छ। केही अघि लोत्से मलमा गरिएको लुटपाटबाट पनि हाम्रो समाजमा बढ्दै गरेको असन्तुष्टि महसुस गर्न मद्दत पुग्छ। एउटा समयको पर्खाइ मात्र रहेको छ। फेरि भदौ १६ जस्तो काण्ड यहाँ हुन सक्छ। त्यो बेला घरघरमा पसेर लुटपाट हुनेदेखि लक्षित गर्नुपर्ने कैयन् व्यक्तिहरूलाई यसमा पारिन सक्छ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि यसले काम गर्न सक्दैन भन्ने भाष्य निर्माण भइरहेको छ।

भदौ १६ को काण्ड भएको राति हामी आक्रमणले ध्वस्त कार्यालयमा बसेरै काम गरेका थियौं। त्यो रात हामी घर गएनौं। काम गर्ने कुर्सीमै बसेर रात काटिएको थियो। बिहान घर फर्किने बेलामा एउटा युद्धभूमिको परिकल्पना गर्न सकिन्थ्यो। समय गुज्रिएर गए पनि मनमा गढेको त्यो दिनको भयावह स्थिति विस्मृतिमा पर्न सक्दैन। 

प्रकाशित: १६ भाद्र २०८० ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App