कला

पोस्टरमा यस्तो देखियो ‘एक भगवत् गीता’

चलचित्र ‘एक भगवत् गीता’ को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। ‘एक भगवत् गीता’ ले शुक्रबार आधिकारिक पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक एउटा पोस्टरमा धिरज र सुहानको प्रेमलाइ देख्न सकिन्छ भने अर्कोमा ट्रान्सजेन्डर महिलाको भूमिकामा प्रस्तुत भएका विपिन कार्कीलाइ देख्न सकिन्छ।

चलचित्र ‘भगवत गीता’ को १ मिनेट ३२ सेकेण्डको टिजर यसअघि नै सार्वजनिक गरिएको थियो। झरना थापाद्वारा निर्देशित फिल्ममा कविर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ।

प्रकाशित: १ भाद्र २०८० ०७:०६ शुक्रबार

‘एक भगवत् गीता’ झरना थापा धिरज