कला

चुँदीमा १०८ फिट अग्लो भानुको सालिक बनाइने

आज भानुजयन्ती

तनहुँको चुँदीरम्घास्थित भानुभक्तको जन्मघर। जन्मघर अहिले भग्नावेशष भइसकेको छ।तस्बिर: फाइल/नागरिक

नेपाली साहित्यका धरोहर भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा आज २१०औं जन्मजयन्ती मनाइँदै छ। शुक्रबार भानुको जन्मस्थल तनहुँको चुँदीरम्घामा विशेष कार्यक्रम गरी मनाउने तयारी आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले गरेको हो।

यद्यपि समितिले जन्मजयन्तीको पूर्वसन्ध्यामा कवितावाचन प्रतियोगिता तथा रामायण वाचन कार्यक्रम गरेको छ। शुक्रबार समितिको कार्यालय स्थलबाट चुँदी रम्घासम्म बिहान प्रभातफेरी कार्यक्रम गरिनेछ।

सांस्कृतिक झाँकी तथा बाजागाँजासहित प्रभातफेरी कार्यक्रम गर्दै रम्घा पुग्नेछ। त्यसपछि दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जन्मजयन्तीलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। शुक्रबार समितिले प्रकाशन गरेको रामायणको पुस्तकसमेत विमोचन गरिने समितिका निर्देशक शंकर रानाभाटले बताए।

नेपाली साहित्यका धरोहर भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घामा आज २१०औं जन्मजयन्ती मनाइँदै छ।

भानुको जन्मघर यतिबेला भग्नावशेष बनेको छ। संरक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ। उठेको आवाजलाई कार्यान्वयन गर्नेतर्फ समिति दृढ रहेको उनको भनाइ थियो। ‘भानुभक्तको जन्मघरको शिलान्यास भएको चार वर्ष बित्यो। तर कार्यान्वयन भएन,’ उनले भने, ‘अब समितिले नै भग्नावशेष भइसकेको घर आडैमा नमुना घर बनाउने योजनामा छौं।’

चार वर्षअघि पश्चिमाञ्चल विकास मञ्चले नमुना घर बनाउने भन्दै शिलान्यास गरेको यियो। तर अहिलेसम्म काम अगाडि बढाउन सकेको छैन। काम अघि बढाउन नसकेपछि समितिले घर निर्माण गर्न बाधा नपु¥याउने मञ्चलाई आग्रह गरिसकेको उनले जानकारी दिए।

‘हामीले नयाँ आर्थिक वर्षभित्रका संघीय सरकारले उपलब्ध गराउने बजेटबाट नमुना घर निर्माण गर्छौं,’ उनले भने, ‘इतिहास नमेटिने गरी भग्नावेशष भएको घर सँगै नमुना घर बनाउँछौं।’

भानुको जन्मघर यतिबेला भग्नावशेष बनेको छ। संरक्षण गर्नुपर्ने आवाज उठ्दै आएको छ। उठेको आवाजलाई कार्यान्वयन गर्नेतर्फ समिति दृढ रहेको उनको भनाइ थियो।

भत्किनै लागेको जन्मघर २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा बनेको ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि मर्मत गरिए पनि २०६१ जेठमा आगलागीपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन। जंगलबीच रहेको खरको छानोले बनेको जन्मघर आगलागीले पुरै ध्वस्त भएको थियो। जंगलमा हरेक वर्ष डढेलो लाग्ने डरले पनि पुनर्निर्माणमा समस्या भएको हो।

नमुना घर निर्माण गर्दै इतिहास संरक्षण गर्नुपर्नेमा समितिको जोड छ। इतिहास नमेटिने गरी नमुना घर निर्माण गरिनेछ। घर केवल ढुंगा र माटोले बनाइने उनको सुनाए। उनले आवश्यक बजेटका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट गुहार्ने बताए। ‘हामी कंक्रिटको बनाउँदैनौं,’ उनले भने, ‘कंक्रिटले इतिहास मेटिन्छ। इतिहास मेटिने गरी समितिले नमुना घर बनाउँदैन।’

उनका अनुसार समितिलाई प्राप्त जानकारीअनुसार चालु खर्चतर्फ २५ लाख रूपैयाँ र पुँजीगततर्फ २५ लाख रूपैयाँ बजेट छुट्टिएको छ। स्थानीय तहले भानुभक्त राष्ट्रिय विभूतिलाई संघीय सरकारबाटै संरक्षण गर्नुपर्ने जनाउँदै आवश्यक बजेटको पहलकदमी गरेको उनको भनाइ थियो। पुँजीगत खर्चले नपुगेको अवस्थामा स्थानीय तथा प्रदेश सरकारसँग सहयोग मागिने समितिका निर्देशक रानाभाटले सुनाए।

नमुना घर निर्माण गर्दै इतिहास संरक्षण गर्नुपर्नेमा समितिको जोड छ। इतिहास नमेटिने गरी नमुना घर निर्माण गरिनेछ। घर केवल ढुंगा र माटोले बनाइने उनको सुनाए।

नमूना घरको डिजाइन बनाउन बाँकी छ। डिजाइन नहुँदा लागत अनुमान गर्न सकिने अवस्था नरहेको उनले बताए। उनका अनुसार भानु साहित्यिक केन्द्रका लागि १४ रोपनी जग्गा खरिद गरिसकिएको छ। भानुस्मृति पार्क बनाउन ५० रोपनी जग्गा छ। जग्गाभित्र रामायण पार्क बनाउने काम सुरु गरिएको छ। २ करोड ६० लाखको लागतमा भवन तयार हुँदै गरेको उनले जानकारी दिए।

भत्किनै लागेको जन्मघर २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा बनेको ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका लागि मर्मत गरिए पनि २०६१ जेठमा आगलागीपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन।

भवनभित्र रामायणका श्लोकहरू भित्तामा टाँसिनेछ। भानु गृहसमेत बनाइनेछ। त्यसका लागि ११ रोपनी क्षेत्रफल रहेको छ। त्यही जग्गाभित्र १०८ फिट अग्लो भानुभक्तको सालिक निर्माण गर्ने योजना रहेको विकास समितिका निर्देशक रानाभाटले बताए।

४ रोपनी क्षेत्रफलभित्र समितिको कार्यालय भवन, संग्रहालय, पुस्तकालयलगायत पूर्वाधार तयार गरिनेछ। उनका अनुसार विकास समिति खारेज नभएको अवस्थामा काम सम्पन्न गर्ने लक्ष्य छ। 

प्रकाशित: २९ असार २०८० ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App