कला

रिसाललाई पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार

कपन बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाले शान्ति रिसाललाई २०७९ सालकाे पुष्करप्रसाद श्यामा खरेल स्मृति कबा रचना पुरस्कार प्रदान गर्ने भएकाे छ। पत्रिकाका प्रबन्धक वरिष्ठ साहित्यकार गंगा पौडेलको संयोजनमा बसेकाे प्रतिभा चयन समितिको बैठकले साे निर्णय गरेकाे हाे।

त्यसैगरी यस पटक कबा विशिष्ट सम्मान कपन बानेश्वर साहित्यिक साप्ताहिकका विशिष्ट सदस्य साहित्यकार विमल अर्याललाई र महेन्द्र चालिसे कबा साहित्यिक पत्रकारिता पुरस्कार साहित्यकार तथा साहित्यिक पत्रकार मुरारी सिग्देललाई प्रदान गरिने भएको छ।

पत्रिकामा प्रकाशित रचनामध्ये यस पटक नालाङ्ग कबा रचना पुरस्कार पुरुषतर्फ दिवाकरप्रसाद आचार्यलाई, गंगा लिगल कबा रचना पुरस्कार मोफसलतर्फ लमजुङका रमेशचन्द्र घिमिरेलाई र हेमगंगा कबा रचना पुरस्कार २०७९ बालतर्फ रिलायन्स इन्टरनेसनल एकेडेमी कपनका युगिन नेपाललाई प्रदान गरिने भएको छ।

यी सम्मान तथा पुरस्कार आगामी साउन ५ गते पत्रिकाको एघारौं वार्षिक उत्सवमा प्रदान गरिने कपन बानेश्वरका व्यवस्थापक विमल कोइरालाले बताए। पत्रिकाका संरक्षकहरूको नाममा पुरस्कारहरुको नामाकरण गरिएको र पुरस्कारमा प्रमाणपत्र र नगद ५ हजार रुपैयाँ रहेको पत्रिकाका सल्लाहकार वरिष्ठ उपन्यासकार शंकर भारतीले बताए।

२०६९ साउन ५ गतेदेखि निबन्ध आचार्यको सम्पादन तथा प्रकाशनमा प्रकाशित हुँदै आएका उक्त पत्रिकालाई नेपालको पहिलो र एक मात्र साहित्यिक साप्ताहिक पत्रिकाको रूपमा हेर्ने गरिएको छ। 

प्रकाशित: १५ असार २०८० ०६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App