कला

स्रष्टाहरूकाे धान रोपाइँ

साहित्य, संस्कृति र महिला सशक्तीकरणका लागि काम गर्दै आएको सखी प्रतिष्ठानले २०८० सालको धान रोपाइँको अवसरमा हात्ती गौडा, फसिकोट, काठमाडौंमा कृषियोग्य जमिनलाई प्लटिङ नगर्न र काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल नबनाउन अनुरोध गरेका छन्।

प्रत्येक वर्ष स्रष्टाहरूका लागि धान रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको सखी प्रतिष्ठानले यो वर्ष पनि रोपाइँको आयोजना गरेको हो। फसिकोटस्थित १२ रोपनी जग्गामा धान रोपाइँ भएको थियो।

सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको संयोजनमा आयोजना गरिएको धान रोपाइँमा सखी प्रतिष्ठानका प्रमुख सल्लाहकार एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, घुम्ती मुक्तक नेपालका अध्यक्ष निर्मलरमण पराजुली, समाजसेवी सिर्जना रानी बस्नेत बर्मा, साहित्यकारहरू भगवती बस्नेत, जितेन्द्र रसिक, कमला रिसाल, सरिता सापकोटा, नीशा रिमाल, स्मृति डंगोल र केही स्थानीयको सहभागिता रहेको थियो।

प्रकाशित: ११ असार २०८० ०६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App