कला

शहर र गाउँको सामाजिक र सांस्कृतिक सवालको बेजोड प्रस्तुत रहेछ ‘नीरफूल’ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार बेलुकी चलचित्र ‘नीरफूल’ हेरे। उनले सिभिल मलस्थित क्युएफएक्समा चलचित्रका निर्देशक फूलमान वल, अभिनेताद्वय दयाहाङ र बुद्धि तामाङसँगै चलचित्र हरेका हुन्।

भूकम्पले समाजमा पारेको प्रभाव, मान्छेको सानो सपनाले दिएको ठूलो दुःख, चलचित्रले अनगिन्ती प्रश्न उठाएको छ। मुख्यतः शहर र गाउँको सामाजिक र सांस्कृतिक सवालको बेजोड प्रस्तुत भएको रहेछ’, मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्। आफूले चलचित्रमार्फत दिन खोजेको सन्देशलाई मन्त्री किरातीले महसुस गरेको निर्देशक वलले बताए।

विसं २०७२ को भूकम्पको सेरोफेरोमा कथा भनिएको चलचित्रले विपत्तिपछि धादिङस्थित रुबी भ्यालीको एक परिवारले भोग्नुपर्ने समस्या र बिछोडको दुर्दान्त पेस गर्छ। राज्य प्रणालीको कमजोर पक्ष समेत उजागर गरिएको चलचित्र गणेश हिमालमुनिको रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको निर्देशक वलले बताए। चलचित्र गत जेठ २६ गतेदेखि प्रदर्शन हुँदै छ।

प्रकाशित: १० असार २०८० ०२:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App