कला

काठमाडौंमा काफ्काको ‘रातो बाँदर’

रंगमञ्च

‘यी मानिसको नक्कल गर्नु सजिलो छ,’ पाँच वर्षको अथक प्रयासपछि बाँदर मानिस बनेको छ। उसले जथाभावी थुक्न र रक्सी खान सिकेको छ। मानिस हुन उसले सक्दो प्रयास गरेको छ।

२०औं शताब्दीका महान् साहित्यिक व्यक्तित्वमध्ये एक फ्रान्ज काफ्काको कथा ‘रिपोर्ट टु एन एकाडेमी’को नाटकीय प्रस्तुति यतिबेला काठमाडौंमा भइरहेको छ। ‘रेड पिटर’ बाँदरबाट मानिस बन्न गरेका प्रयासको रंगमञ्चीय प्रस्तुति आफैंमा कठोर प्रयोग हो।

पशु र मानिसको संयुक्त स्वरूप ‘रेड पिटर’ आफ्नो विगत जीवनको प्रस्तुति दिइएको छ। सुन्ने अकाडेमी सदस्य रहेका छन्। उसले आफू बाँदरबाट मानिस बन्नुअघिको अवस्थाबारे जानकारी गराउनुपर्ने भएको छ। रोस्ट्रममा उभिएर उसले आफ्नो विगतलाई सम्झन कोसिस गर्छ। कहिले ऊ आक्रामक हुन्छ, कहिले भलादमी बन्छ।

‘यी मानिसको नक्कल गर्नु सजिलो छ,’ पाँच वर्षको अथक प्रयासपछि बाँदर मानिस बनेको छ। उसले जथाभावी थुक्न र रक्सी खान सिकेको छ। मानिस हुन उसले सक्दो प्रयास गरेको छ।

बाँदर रहेर चिडियाखानामा बस्नुभन्दा मानिसलाई नक्कल गर्नुलाई उसले ‘वे आउट’ अर्थात् बाटो सम्झेको छ। त्यसैले मानिसलाई केही अनुकरण गरेर उसले ‘पिँजडा’को जिन्दगीबाट बाहिर निस्किएको चित्रण यसमा गरिएको छ।

जंगलमा रहेका पशुले स्वतन्त्रता गुमाएका हुँदैनन्। हुन त मानिसले आफूलाई स्वतन्त्र ठान्छन्, तर ती आफैंमा बन्धनमा हुन्छन्। ‘रेड पिटर’ मानिससँग हात मिलाउन नक्कल गरेका कारण बिस्तारै तालिम प्राप्त गरेर मानिस हुन पाएको हो। ऊ अहिले वाइन पिउँछ, आरामसँग बस्छ।

बाँदर रहेर चिडियाखानामा बस्नुभन्दा मानिसलाई नक्कल गर्नुलाई उसले ‘वे आउट’ अर्थात् बाटो सम्झेको छ। त्यसैले मानिसलाई केही अनुकरण गरेर उसले ‘पिँजडा’को जिन्दगीबाट बाहिर निस्किएको चित्रण यसमा गरिएको छ।

बाँदर हुनु र मानिस हुनुबीचको अन्तरबारे सम्मेलनमा प्रस्तुति दिइएको छ तर आफ्नो स्मृतिलाई अहिले प्रस्तुत गरिरहँदा जुन मनोदशा प्रस्तुत भएको छ, त्यसले भने यो नाटकलाई उत्कर्षमा पुर्‍याएको छ। बाँदर भएर रहनुभन्दा मानिसको नक्कल गर्दा ‘रेड पिटर’लाई जीवन केही सहज लागेको छ। ऊ आफू सानो खोरमा बस्नुपर्दाको अवस्थालाई सम्झिन्छ। त्योभन्दा अहिलेको अवस्था उसका निम्ति भिन्न छ।

सायद मानिसले आफ्नो स्वतन्त्रतालाई यसरी नै तिलाञ्जली दिन्छन्। अरूले सिर्जना गरिदिएको सहज अवस्थामा बाँच्न स्वत्व परित्याग गर्नुपरेको छ। त्यो दिक्दारी अवस्था प्रस्तुतिका क्रममा देखिन्छ। अन्त्यमा ‘रेड पिटर’ ले हाँस्यलाई प्रयोग गरेर एउटा दुःखान्तलाई प्रस्तुत गरेको छ।

काफ्काको यो कथानकको नाट्य रूपान्तरण बज्र होटलस्थित नागा थिएटरमा स्टुडियो सेभेनकी निर्देशक सविना लेहम्यानले गरेकी हुन्। विगतदेखि नै उनले अन्तर्राष्ट्रिय लोकप्रिय साहित्यलाई आत्मसात गरी नाटक गर्दै आएकी छन्। प्रत्येक वर्ष एक पटक आयोजना हुने यो नाट्य प्रस्तुतिलाई काठमाडौंमा रहेका कूटनीतिक र अन्य व्यक्तिले एउटा अनौठो अवसरका रूपमा लिने गरेका छन्।

काफ्काको यो कथानकको नाट्य रूपान्तरण बज्र होटलस्थित नागा थिएटरमा स्टुडियो सेभेनकी निर्देशक सविना लेहम्यानले गरेकी हुन्।

‘रेड पिटर’को भूमिकामा रहेका कुन्देन शाक्यको प्रस्तुतिले दर्शकलाई आश्चर्यमा पार्छ। बाँदरको अभिनयमा आफूलाई उनले उम्दा साबित गरेका छन्। साँघुरो पिँजडाभित्रको दृश्यले सबैलाई भावुक बनाउँछ। नाटकमा अलिजे बाइनिक, ग्लोरी थापा र आशान्त शर्माले ‘अकाडेमी’ को भूमिका निर्वाह गरेका छन्।

बीचबीचमा आउने हाँस्य रसयुक्त परिस्थितिले दर्शकका ओठमा हाँसो ल्याए पनि समग्रमा ‘रेड पिटर’को दुःखमा दर्शकले आफूलाई आत्मसात गर्छन्। मञ्चमा लुड्मिला हुंगेरुबरले गरेको प्रयोग उल्लेख्य छ। वनदेखि अकाडेमीसम्मको प्रयोग एकै ठाउँमा हुन्छ।

जुन महिनाको दोस्रो र तेस्रो साताका बिहीबार, शुक्रबार, शनिबार र आइतबार यो नाटक प्रस्तुत गरिएको छ। नेपाली सन्दर्भ र प्रयोगसहितको अन्तर्राष्ट्रिय साहित्यको स्वाद यसले दिन्छ। यसै पनि नेपालमा नाट्य क्षेत्रमा केही वर्षयता प्रगति भइरहेको छ। त्यसमा सविना लेहम्यानले गरिरहेको यो प्रयोग आफैंमा प्रशंसनीय छ।

‘रेड पिटर’को भूमिकामा रहेका कुन्देन शाक्यको प्रस्तुतिले दर्शकलाई आश्चर्यमा पार्छ। बाँदरको अभिनयमा आफूलाई उनले उम्दा साबित गरेका छन्। साँघुरो पिँजडाभित्रको दृश्यले सबैलाई भावुक बनाउँछ। नाटकमा अलिजे बाइनिक, ग्लोरी थापा र आशान्त शर्माले ‘अकाडेमी’ को भूमिका निर्वाह गरेका छन्।

आफ्नो बाँदर पहिचान परित्याग गरी नयाँ अवतारमा प्रवेश गर्दाका दुःख ‘रेड पिटर’ मार्फत प्रस्तुत भएका छन्। आजको समयमा पनि स्वत्व गुमाएका प्रत्येक मानिसमा यही किसिमको भाव हुँदो हो। अझ राजनीतिक परिस्थिति आदि यथार्थभन्दा पर गएर आफूलाई परिवर्तन गर्नुपर्ने अवस्था ‘रेड पिटर’ कै जस्तो हुँदो हो।

आफूलाई समात्नेहरूलाई सम्झिँदै ‘रेड पिटर’ भन्छन्, ‘यी मानिसको नक्कल गर्नु साह्रै सजिलो थियो। मैले यिनीहरूबाट जथाभावी थुक्न र पाइप तान्न सिकें तर रक्सी पिउन निकै संघर्ष गर्नुपर्‍यो।’

प्रकाशित: ९ असार २०८० ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App