कला

साहित्य सदन नेपालद्वारा मोहनविक्रम सिंह र अभि सुवेदीलाई सम्मान

साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्र स्मृति सम्मान-२०७९’ यस वर्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा सौन्दर्य चिन्तक मोहनविक्रम सिंहलाई र यस वर्षदेखि साहित्य सदनले प्रदान गरेको ‘व्यथित साहित्य सम्मान’ वरिष्ठ समालोचक, कवि, निबन्धकार एवं नाटककार प्राडा अभि सुवेदीलाई प्रदान गरेको छ।

नेपाली साहित्यमा मोहनविक्रम सिंह समाजवादी यथार्थवादी धाराका सशक्त स्रष्टा एवं द्रष्टाका रूपमा सुपरिचित छन्। साहित्य लेखन यात्रामा सात दशक जति व्यतीत गरिसकेका अठासी वर्षीय सिंहका सिर्जना र समालोचना गरी दर्जन बढी कृति प्रकाशित छन्।

अभि सुवेदी नेपाली र अंग्रेजी दुवै भाषामा समानान्तर रूपमा कलम चलाउने व्यक्तित्व हुन्। छ दशकको साहित्यिक यात्रा पार गरेका सुवेदीका दुई दर्जन जति कृति प्रकाशित छन्। राणाविरोधी आन्दोलनदेखि निरन्तर राजनीतिक, वैचारिक संघर्षमा हेलिएका मोहनविक्रम सिंह साम्यवादी आस्थाका अविचलित शिखर व्यक्तित्व हुन् भने अभि सुवेदी प्राध्यापन र  लेखन दुवै क्षेत्रका  एक उच्च बौद्धिक व्यक्तित्व हुन्।

साहित्य सदन नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्र स्मृति सम्मान-२०७९’ यस वर्ष वरिष्ठ प्रगतिवादी साहित्यकार तथा सौन्दर्य चिन्तक मोहनविक्रम सिंहलाई र यस वर्षदेखि साहित्य सदनले प्रदान गरेको ‘व्यथित साहित्य सम्मान’ वरिष्ठ समालोचक, कवि, निबन्धकार एवं नाटककार प्राडा अभि सुवेदीलाई प्रदान गरेको छ।

उक्त सम्मान साहित्य सदन नेपालले साहित्य सदन नेपालको आफ्नै प्रेक्षालय रामहिटी, बौद्धमा एक भव्य समारोहका बिच प्रदान गरेको हो।

सदनका कार्यवाहक अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षता र वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथ्य एवं वरिष्ठ साहित्यकार एवं साहित्य सदन नेपालका संस्थापक गंगाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा सम्पन्न उक्त समारोहमा सिंहका तर्फबाट उनकी जीवनसाथी दुर्गा पौडेल र सुवेदीलाई सम्मानस्वरूप फूलमाला, दोसल्ला र क्रमशः पच्चिस र बिस हजार रुपैयाँसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

सो कार्यक्रममा प्राडा रामप्रसाद ज्ञवालीले जनसाहित्यकार हृदयचन्द्रसिंह प्रधान र कविवर केदारमान व्यथितको योगदानबारे प्रकाश पारेका थिए।

त्यस्तै साहित्यकार मोहन दुवालले सम्मानित व्यक्तित्वको योगदानबारे प्रकाश पारेका थिए। कार्यक्रममा डम्बर ढकालले सांगीतिक प्रस्तुति, कवि प्रह्लाद पोखरेलले सबै स्रष्टाबारे लेखिएको कविता वाचन गरेका थिए।

त्यस्तै सीता शर्माले हृदयचन्द्र सिंह र सुशीला प्रधानाङ्गले व्यथितकाे कविता वाचन गरेका थिए। विशेष अतिथि सदनका संस्थापक गंगाप्रसाद उप्रेतीले साहित्य सदनको संस्थापनाको इतिहासबारे प्रकाश पार्दै पुरस्कृत व्यक्तित्वहरूलाई बधाई दिएका थिए।

सदनका कार्यवाहक अध्यक्ष प्राडा हेमनाथ पौडेलको अध्यक्षता र वरिष्ठ कवि वैरागी काइँलाको प्रमुख आतिथ्य एवं वरिष्ठ साहित्यकार एवं साहित्य सदन नेपालका संस्थापक गंगाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा सम्पन्न उक्त समारोहमा सिंहका तर्फबाट उनकी जीवनसाथी दुर्गा पौडेल र सुवेदीलाई सम्मानस्वरूप फूलमाला, दोसल्ला र क्रमशः पच्चिस र बिस हजार रुपैयाँसहित सम्मान-पत्र प्रदान गरिएको थियो।

प्रमुख अतिथि वैरागी काइँलाले सिंह र सुवेदीको नेपाली साहित्यका क्षेत्रमा उल्लेखनीय योगदान रहेको उल्लेख गर्दै साहित्य सदनले उचित पात्रको चयन गरेकोमा खुसी व्यक्त गरेका थिए।

सदनका सचिव कवि मित्रलाल पंज्ञानीले विषय प्रवेश र स्वागत गरी प्रारम्भ भएको उक्त समारोहको सहजीकरण कवि कृष्ण सुवेदी ‘भारद्वाज मित्र’ ले गरेका थिए।

प्रकाशित: २७ जेष्ठ २०८० ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App