कला

कर्मशील साधक दयावीरसिंह कंसाकार

व्यक्तित्व

समाजसेवी दयावीरसिंह कंसाकारले आफ्नो जीवनको लक्ष्य समाजसेवा मात्र रहेको कुरालाई सधैं बताइरहे। समाजसेवालाई जीवनको लक्ष्य नै बनाएर उनी आजीवन त्यसै बाटोमा हिँडिरहे। समाजसेवालाई आफ्नो स्वार्थसिद्धिको माध्यम बनाउन चाहने व्यक्ति समाजसेवी हुन सक्दैन। सेवाका नाउँमा गरिने स्वार्थप्रेरित कर्म समाजसेवा नभएर केवल ढोंग र स्वार्थसेवा मात्र हुने कुरा कंसाकारले बताएका छन्। उनका यस्ता विचारहरू समाजसेवामा लागेका मानिसका लागि सधैं प्रेरणादायी छन्।  

सामान्यतयाः दुःखी, निसहाय, अनाथ, अरूद्वारा तिरस्कृत, अवहेलित, न्यूनतम रूपमा बाँच्नका लागि पनि आफ्नो बुताले केही गर्न नसक्ने, शारीरिक रूपमा पनि रोगी वा अस्वस्थ अवस्थामा रहेका कुनै पनि उमेर, जात, लिङ्ग, समुदाय, क्षेत्र, वर्ग आदिका मानिसलाई कुनै प्रकारको पनि भेदभाव नराखी उपकार गर्नुलाई ‘परोपकार’ भनिन्छ। ‘परोपकार’ र ‘समाज सेवा’ लाई समानार्थी शब्दका रूपमा पनि लिने गरेको पाइन्छ। तर ‘परोपकार’ शब्दले अर्काको उपकार व्यक्तिगत तवरमा गर्नुलाई बढी अर्थबोध गराउँछ भने ‘समाज सेवा’ले मूलतः सामाजिक कल्याण कार्यमा अग्रसर रहनुको अर्थबोध गराउँछ।

‘समाजसेवा मनैदेखि उत्पन्न हुनुपर्ने भावना भएकाले त्यसमा सफलता प्राप्त गर्नका लागि यसप्रति मनैदेखि समर्पित हुन सक्नुपर्छ। यस क्षेत्रमा संलग्न हुन चाहने सबैले प्राथमिक रूपमा सम्झनुपर्ने कुरा के छ भने यसलाई स्वार्थसिद्धिका लागि कुनै पनि हालतमा प्रयोग गर्नु हुन्न।’ -दयावीरसिंह कंसाकार

परोपकारले ‘व्यक्ति’ केन्द्रित सेवालाई जोड दिन्छ भने समाजसेवाले ‘समाज’ केन्द्रित भएर जनहितका कार्य गर्ने लक्ष्य राख्छ। समाज पनि व्यक्ति व्यक्तिकै सामूहिक वासस्थान भएकाले व्यक्तिको उपकार वा सेवा गर्दा स्वतः समाजकै सेवा हुन जान्छ भन्ने बुझ्न पनि सकिन्छ। तसर्थ, परोपकार र समाज सेवामा तात्विक रूपमा ठुलो भिन्नता नभएको बुझ्न सकिन्छ।

परोपकार एक व्यक्तिले जुनसुकै समयमा पनि गर्न सक्छ। जस्तै, नदीमा डुब्न लागेकालाई जोगाउनु परोपकार हो। समाजसेवाका लागि सानो वा ठुलो जस्तो कर्म भए पनि समाजहितका लागि योजनाबद्ध रूपमा काम गर्न सकिन्छ। यद्यपि परोपकार गर्न अग्रसर रहनु र समाजसेवाका लागि अग्रसर हुनुमा परोपकारी वा समाजसेवीको भावनात्मक अठोट वा विचार एउटै रहेको पाइन्छ। अरूको हित वा कल्याणका लागि केन्द्रित भएरै व्यक्ति परोपकार वा समाज सेवामा अग्रसर रहन जान्छ। परोपकारी कार्यलाई संस्थागत रूपमा अगाडि बढाउँदै बढीभन्दा बढी मानिसको सेवा वा हित गर्नु समाजसेवा हो।

संस्थागत रूपमा परोपकार संस्थाको स्थापना गरी आजीवन परहितमा क्रियाशील रहने महान् समाजसेवी थिए दयावीरसिंह कंसाकार। उनी नेपालको इतिहासमै प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरणीय छन्। उनको जीवनवृत्त कस्तो रह्यो भन्ने कुरा बुझ्नु उपयुक्त नै हुनेछ।

परोपकारले ‘व्यक्ति’ केन्द्रित सेवालाई जोड दिन्छ भने समाजसेवाले ‘समाज’ केन्द्रित भएर जनहितका कार्य गर्ने लक्ष्य राख्छ। समाज पनि व्यक्ति व्यक्तिकै सामूहिक वासस्थान भएकाले व्यक्तिको उपकार वा सेवा गर्दा स्वतः समाजकै सेवा हुन जान्छ भन्ने बुझ्न पनि सकिन्छ।

जहानियाँ राणाशासन काल समाजसेवाका लागि पनि निषेधित प्रायः थियो, यद्यपि समाजसेवाका लागि अग्रसर हुन चाहनेहरू हुँदै नभएका भने होइनन्। कतिपय समाजसेवकले दण्डित भई देशबाटै निकाला हुनुपरेको इतिहास पनि छ। कतिले जेलको सजाय पनि भोग्नुपर्‍यो।

आम जनताले शासकीय आदेश र निगाहअनुसार मात्र सार्वजनिक कार्यमा सरिक हुन पाउँथे। त्यस्ता सार्वजनिक कामहरू भनेका या त बाटोघाटो, धारा, कुलोपैनी बनाउनु हुन्थ्यो या धर्मकर्म सम्बन्धी कामहरू हुन्थे।

रुढीवादी चिन्तन र सामन्तवादी शासकीय प्रवृत्तिबाट थिचिएको नेपाली समाजले सामाजिक चेतना जागृत हुने कार्यमा खुलेर अग्रसरता देखाउन सक्ने अवश्य नै थिएन। धार्मिक प्रवचनका माध्यमबाट केही मात्र भए पनि जनतालाई चेतनाको बीजाङ्कुर गराउन प्रयास गर्ने व्यक्तिहरू पनि दण्डित हुन्थे।

जटिल रोगका बिरामीलाई तत्काल रगत उपलब्ध गराउनुपथ्र्यो तर रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गराउनेतर्फ वीर अस्पताल व्यवस्थापनले कुनै कार्यक्रम राखेको थिएन। यस्तो अवस्थामा  वि.स.२००० सालमा दयावीरसिंहले अस्पतालमा मृत्युशड्ढयामा छटपटाइरहेका रत्नकाजी तुलाधरका लागि नेपालकै इतिहासमा पहिलोपटक रक्तदान गरे।

सामाजिक रूपमा परम्परागत चालचलन, अन्धविश्वासपूर्ण रीति र संस्कारहरूलाई निरन्तरता दिँदै शासक वर्गको आदेश पालना गर्नु नै नेपाली जनताको बाध्यता थियो। शिक्षाप्राप्तिका लागि सुगम माध्यम थिएनन्।

मूलतः नेपाली समाज अशिक्षाग्रस्त अवस्थामा थियो। त्यस्तो अति पिछडिएको समाजमा जनस्तरबाट सेवा वा परोपकार गर्न तम्सिनु भनेको जोखिम उठाउनु सरह थियो।

राजनीतिक रूपमा जहानियाँ हुकुमीतन्त्रको दबदबा थियो। शासक र शासकवर्गका अन्य ठालुहरूको आदेश र इच्छा नै कानुन हुन्थ्यो। आम रैतीका लागि कानुनी राज्य र न्यायिक व्यवस्थाको कुनै संस्थागत प्रबन्ध थिएन। नागरिक अधिकार, मानव अधिकार वा हक प्राप्तिका लागि शासक वर्गबाट कुनै सुनुवाइ वा उदारता देखाइने सम्भावना थिएन।

प्रजातन्त्र वा स्वतन्त्रतासँग शासक वर्ग सधैं भयभित रहिरह्यो। जनता सचेत हुने कुनै पनि प्रकारका सामाजिक गतिविधिप्रति शासकीय हस्तक्षेत्र हुन्थ्यो। जनता निरंकुश जहानियाँतन्त्रद्वारा मलजल गरिएको सामन्ती परम्परा र त्यसले उत्पन्न गरेका सामाजिक बेथिति, कुसंस्कार, अन्धविश्वास र रुढीवादी परम्पराद्वारा निस्सासिएको अवस्थामा थिए।

राजनीतिक रूपमा जहानियाँ हुकुमीतन्त्रको दबदबा थियो। शासक र शासकवर्गका अन्य ठालुहरूको आदेश र इच्छा नै कानुन हुन्थ्यो। आम रैतीका लागि कानुनी राज्य र न्यायिक व्यवस्थाको कुनै संस्थागत प्रबन्ध थिएन।

नेपालमा मूलतः जहानियाँतन्त्रको सात दशक व्यतीत भएपछि क्रमशः राजनीतिक वा सामाजिक चेतनाका झिल्का देखा पर्न थाले। राजनीतिक रूपमा जहानियाँ शासन विरुद्धमा संस्थागत विरोधको क्रम त्यसैताका सुरु भयो। बिस्तारै सामाजिक जागरणका लागि जनस्तरबाट थोरै भए पनि प्रयास हुन थाले। राजनीतिक–सामाजिक रूपले यस्तै कठोरता, विवेकशून्यता र भयपूर्ण वातावरणकै पृष्ठभूमिमा दयावीरसिंह कंसाकारले परोपकाररूपी सामाजिक सञ्जीवनी बुटीको अंकुर रोपेका थिए।

उनले परोपकारजस्तो पवित्र कर्मको सुरुवात स्वास्थ्य सेवाबाट गरेका थिए। उनले शुभारम्भ गरेको परोपकार संस्था वर्तमानसम्म आइपुग्दा निकै विस्तारित सेवा प्रदायक सामाजिक संस्थाका रूपमा राष्ट्रिय स्तरमै प्रतिष्ठित भइसकेको छ।

विशेषतः स्वास्थ्य सेवाका क्षेत्रमा परोपकार संस्थाले आफ्नो यश फैलाउँदै आएको छ। यस आलेखमा परोपकार संस्था एवं अन्य कतिपय समाजसेवी संस्थाका संस्थापक दयावीरसिंह कंसाकारको व्यक्तित्वलाई स्मरण गर्ने प्रयास गरिएको छ।

नेपालकै एक अग्रणी सामाजिक संस्था परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकारको जन्म १९६८ साल वैशाख २२ गते काठमाडौमा भएको थियो। पिता भवानीवीरसिंह कंसाकार र माता लक्ष्मीदेवी कंसाकारका सुपुत्रका रूपमा जन्मेका दयावीरसिंह दरबार हाईस्कुलबाट आठ कक्षासम्मको औपचारिक शिक्षा प्राप्त गरेका थिए। त्यस जमानामा सर्वसाधारण नेपालीले यतिसम्मकै औपचारिक शिक्षा प्राप्त गर्नु पनि निकै महत्वपूर्ण हुन्थ्यो। उनले स्वाध्ययनलाई निरन्तरता दिए र आफ्नो बौद्धिक ज्ञान र क्षमतालाई सघन बनाए।

नेपालकै एक अग्रणी सामाजिक संस्था परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकारको जन्म १९६८ साल वैशाख २२ गते काठमाडौमा भएको थियो।

उनको विवाह १९८३ मा चन्द्रलक्ष्मीसँग भयो। कंसाकार दम्पतीका ५ भाइ छोरा र ३ छोरी भए। उनका छोरा हितकरवीरसिंह कंसाकारले पिताजीका परोपकार कर्मलाई निरन्तरता दिँदै परोपकार संस्थालाई सहकर्मीहरूसहित नेतृत्व गरिरहेका छन्।

दयावीरसिंह कंसाकारले परोपकार संस्थाको स्थापना गर्नुपूर्व नै स्वास्थ्य सेवाका कार्यहरूमा आफूलाई अग्रसर गराउन थालिसकेका थिए। उनका पिताजी पनि परोपकारको भावनाबाट ओतप्रोत व्यक्ति थिए। ‘दशजनालाई खुवाएर तिमी आफू खाने गर’ भन्ने पिता भवानीवीरसिंहको भनाइलाई बाल्यकालदेखि नै सुपुत्र दयावीरसिंह कंसाकारले सधंै मनमा राखिरहे।

नेपालमा रक्तदान गर्ने प्रथम व्यक्ति थिए कंसाकार। वीर अस्पतालको स्थापना निकै पहिले वीर शमशेरले गरेका थिए। त्यसको स्थापनापछि सर्वसाधारण जनताका लागि सामान्य उपचार सेवाको प्रबन्ध त हुँदै आएको थियो तर गम्भीर अवस्थाका बिरामीका लागि चाहिने चिकित्सा उपकरण वा दक्ष जनशक्तिको भने कमी थियो।

फेरि पहिलो आधुनिक चिकित्सकीय सेवा प्रदायक त्यस अस्पतालमा भएका सीमित चिकित्सकद्वारा बेलाबखत आइपर्ने महामारीको रोकथामका लागि आवश्यक पूर्वाधार वा पूर्वतयारीको कुनै व्यवस्थापन भएको थिएन। जटिल रोगका बिरामीहरू जसलाई तत्काल रगत उपलब्ध गराउनुपथ्र्यो, त्यसको सोच र रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि गराउनेतर्फ अस्पताल व्यवस्थापनले कुनै कार्यक्रम राखेको थिएन। कतिपय गम्भीर बिमारी रगतको अभावमा मृत्युवरण गर्न बाध्य थिए।

फेरि रगत दान गर्न मानिसहरू डराउँथे। यस्तो अवस्थामा वि.स. २००० सालमा दयावीर सिंहले अस्पतालमा मृत्युशय्यामा छटपटाइरहेका रत्नकाजी तुलाधर नामक बिरामीका लागि पहिलोपटक रक्तदान गरे। तत्कालीन सामाजिक सोच र परम्पराका हिसाबले यसरी रक्तदान गर्न अग्रसर हुनु विशिष्ट कार्य थियो।

 रक्तदान गर्दा रगत दिने व्यक्तिलाई केही नहुने तर पाउने मानिसको जीवन बाँच्ने रहेछ भन्ने जनचेतना जागृत गराउन दयावीरसिंहले ऐतिहासिक उदाहरण प्रस्तुत गरे। त्यसपछि क्रमशः अरूले रक्तदान गर्न थाले।

फेरि पहिलो आधुनिक चिकित्सकीय सेवा प्रदायक त्यस अस्पतालमा भएका सीमित चिकित्सकद्वारा बेलाबखत आइपर्ने महामारीको रोकथामका लागि आवश्यक पूर्वाधार वा पूर्वतयारीको कुनै व्यवस्थापन भएको थिएन।

जनस्वास्थ्यप्रति ज्यादै संवेदनशील दयावीर सिंहले त्यसबेलादेखि नै समाजका दीनदुःखी, असहाय, गरिबका लागि निःशुल्क औषधी वितरण तथा प्राथमिक उपचारको व्यवस्था मिलाइदिएर आफ्नो परोपकारी, भावना वा सेवा कर्मको आरम्भ गरे। औषधी पाउनै मुस्किल पर्ने समयमा निःशुल्क औषधी वितरण गर्नु ठुलो जनसेवाको काम थियो। न्यूनतम रूपमै भए पनि निःशुल्क स्वास्थ्य सेवा पाएर जनता लाभान्वित भए।

त्यस क्रममा दयावीरसिंहले हैजाका बिरामीले मरणासन्न अवस्थामा पुगेका एक छ वर्षीय बालकलाई घरमै ल्याएर उपचार गराए। त्यसबेला उपत्यकामा फैलिएको महामारीको प्रकोपका कारण जनमानसमा फैलिएको भय, त्रासबाट मुक्ति दिन उनले समर्पित भएर काम गरे। त्यसै सेवालाई निरन्तरता दिन उनको अग्रसरता र अगुवाइमा २००४ सालमा परोपकार औषधालयको स्थापना भयो। नेपालमा जनस्वास्थ्य सेवाको पवित्र उद्देश्य लिएर उपत्यकाभित्र जनस्तरबाट स्थापित समाजसेवी संस्थाहरूमा परोपकार औषधालय पहिलो संस्था थियो।

रोग व्याधिको प्रकोपको समयमा मात्र नभई परोपकारले २००७ सालको जनक्रान्तिताका पनि आफूलाई स्वयंसेवक संस्थाका रूपमा सकृय राख्यो। राणा सरकार पक्षधर व्यक्तिहरूद्वारा यसका गतिविधिहरूमा प्रतिबन्ध लगाउने दुष्प्रयास पनि भएको थियो। तर यस संस्थाप्रति जनसमर्थन व्यापक भएकाले यसका समाजसेवी कार्यहरूले निरन्तरता पाउँदै गए।

२००७ सालपछि उही परोपकार औषधालयलाई परोपकार संस्थाका रूपमा पुनस्र्थापना गरियो। यसका उद्देश्यलाई विस्तारित गरियो। वर्तमानसम्ममा यसका प्राथमिक उपचार सेवा केन्द्रहरू देशभरि फैलिएका छन्।

रोग व्याधिको प्रकोपको समयमा मात्र नभई परोपकारले २००७ सालको जनक्रान्तिताका पनि आफूलाई स्वयंसेवक संस्थाका रूपमा सकृय राख्यो।

२००८ सालमा दयावीरसिंहकै अग्रसरतामा परोपकार अनाथालयको स्थापना भयो। यसको पवित्र उद्देश्य समाजका अनाथ, टुहुरा, असहाय बालबालिकाहरूको संरक्षण, लालनपालन र उचित शिक्षाको प्रबन्ध गर्नु थियो।

अनाथ, असहाय बालकहरूको शिक्षादीक्षाका लागि २००९ सालमा परोपकार अनाथालय मिडिल स्कुलको स्थापना भयो। त्यसै स्कुललाई २०१९ सालदेखि परोपकार आदर्श हाई स्कुलको नाम दिई सञ्चालनमा ल्याइयो। त्यस स्कुलले निरन्तरता पाइरहेकै छ, जहाँबाट हजारौं बालबालिकाहरूले स्तरीय शिक्षा प्राप्त गर्दै आइरहेका छन्। हाल परोपकार माध्यमिक विद्यालयका नाउँबाट १२ कक्षासम्म पठनपाठन हुँदै आएको छ।

२००८ सालमा दयावीरसिंहकै अग्रसरतामा परोपकार अनाथालयको स्थापना भयो। यसको पवित्र उद्देश्य समाजका अनाथ, टुहुरा, असहाय बालबालिकाहरूको संरक्षण, लालनपालन र उचित शिक्षाको प्रबन्ध गर्नु थियो।

समाजसेवी दयावीरसिंहकै सक्रियतामा २०१० सालमा काठमाडांै थापाथलीमा प्रसूति गृहको शिलान्यास भएको हो। प्रसूति गृहको स्थापनार्थ थापाथली दरबारका अधिपति सिंहशमशेर राणाले २५ रोपनी जग्गा दानस्वरूप उपलब्ध गराएका थिए। त्यस गृहको निर्माणका लागि खर्चको व्यवस्थापन तत्कालीन राजपरिवारबाट भएको देखिन्छ।

प्रसूति गृहका लागि चाहिने चिकित्सकीय सुविधा र अन्य व्यवस्थाको तयारीका साथ भवन निर्माण सम्पन्न भएपछि २०१६ साल भदौमा तत्कालीन अधिराजकुमार हिमालय शाहबाट प्रसूति गृहको उद्घाटन भयो। कंसाकारको अगुवाइमा स्थापित त्यस प्रसूति गृहले लाखौं नेपाली आमा तथा शिशुहरूको सेवा पुर्‍याइरहेको छ।

समाजसेवी दयावीरसिंहकै सक्रियतामा २०१० सालमा काठमाडाैं थापाथलीमा प्रसूति गृहको शिलान्यास भएको हो।

स्थापनाकालदेखि नै आवश्यकताअनुसार त्यहाँ नयाँ भवन र अन्य चिकित्सकीय सुविधाहरू थपिँदै गए। प्रसूति सेवाका लागि हाल यो देशकै ठुलो प्रसूति अस्पतालका रूपमा रहेको छ। समाजसेवी दयावीरसिंह कंसाकारको योजना एवं दूरदर्शी सेवाभावनाकै यथार्थ रूप आजको प्रसूति गृह रहेको छ।

समाजसेवी दयावीरसिंह कंसाकारले नारी शिक्षा एवं चेतना अभिवृद्धिका कार्यक्रमहरूमा पनि आफूलाई सक्रिय राखे। कंसाकारले स्वास्थ्य सेवाको पूर्वाधार तयारीका लागि जनशक्तिको व्यवस्थापनमा चासो राख्दै नर्सिङ शिक्षामा पनि जोड दिए।

नेपालमा रेडक्रस सोसाइटीको स्थापना गर्न पनि उनको नेतृत्वदायी भूमिका रह्यो। उनी नेपालकै पहिलो सहकारी संस्था साझा संस्थाका पनि संस्थापक सदस्य बने। उनको नेतृत्व र अग्रसरतामा स्थापित संस्थाहरूले समाज र देशका लागि योगदान दिइरहेका छन्।

समाजसेवी दयावीरसिंह कंसाकारले नारी शिक्षा एवं चेतना अभिवृद्धिका कार्यक्रमहरूमा पनि आफूलाई सक्रिय राखे। कंसाकारले स्वास्थ्य सेवाको पूर्वाधार तयारीका लागि जनशक्तिको व्यवस्थापनमा चासो राख्दै नर्सिङ शिक्षामा पनि जोड दिए।

दयावीरसिंह कंसाकार युवावस्थादेखि आजीवन समाजको उन्नति र परिवर्तनका लागि सक्रिय रहे। प्रारम्भमा उनले संघर्ष गर्नुपरेको थियो। निस्वार्थ सेवाका लागि जीवनभर पु¥याएको सेवा कर्मका लागि सरकारी वा गैरसरकारी क्षेत्रबाट उनले ठुलो सम्मान पनि प्राप्त गरे। उनको देहावसान २०५७ साल माघ २३ मा भयो।

उनले भनेका थिए- ‘जीवन एउटा कर्मभूमि जस्तो छ र जीवनप्रति यही दृष्टिकोण राखेर बाँच्दै आएको छु। कर्मसँगसँगै पाइला चाल्न नसक्नेहरूका लागि जीवनको कुनै अर्थ छैन।’ दयावीरसिंह कंसाकार जति बाँचे आफ्नो जीवनलाई कर्मभूमिजस्तो बनाएर बाँचे। अरूका लागि स्वार्थरहित कर्म गर्दै सार्थक जीवन बाँचे।

परोपकार कर्मका एक महान् पथप्रदर्शक र प्रेरणास्रोत दयावीरसिंह कंसाकार नेपालका राष्ट्रिय गौरव हुन्। उनले सुरुवात गरेका सेवा कर्मका अनेक आयाम छन्। तिनलाई समाज र राष्ट्रले नै सहयोग र प्रवद्र्धन गरी अझै विस्तारित गर्दै लैजान सकेमा उनलाई स्मरण गर्नुको सार्थकता रहने छ। 

प्रकाशित: ६ जेष्ठ २०८० ०२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App