कला

मृदुलका कान्छी छोरी लोकार्पण

नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका ‘विविधा’ (समालोचनासंग्रह) र कान्छी छोरी (लघुकथासंग्रह) को लोकार्पण गरेको छ।

प्राडा कुमारप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा प्रमुख अतिथि कोइराला, सभासद्र मीना श्रेष्ठ,स्रष्टा समाज नेपालका अध्यक्ष तथा लघुकथा समाज नेपाल संस्थापक केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, साहित्यकार कलानिधि दाहाल, मन्जिला अनिल,लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तुलसीहरि कोइराला,सदस्य रामकुमार पण्डित र अदिति श्रेष्ठलेले एकै साथ दुवै कृतिका लोकार्पण गरेका हुन्।

साहित्यकार मृदुलकी कान्छी छोरी अदिति श्रेष्ठको जन्मदिनको अवसर पारेर कृतिको लोकार्पण गरिएको हो।

लघुकथा समाज नेपालका केन्द्रीय सदस्य रामकुमार पण्डित क्षेत्रीले ‘कान्छी छोरी’को समीक्षात्मक टिप्पणी गरेका थिए।

नारी स्रष्टा समाज विराटनगरले साहित्यकार ममता मृदुलका ‘विविधा’ (समालोचनासंग्रह) र कान्छी छोरी (लघुकथासंग्रह) को लोकार्पण गरेको छ।

क्षेत्रीले ममता मृदुल सत्य र धर्मको पक्षमा सक्रिय भई साहित्य साधनामा लागिपरेको बताए। उनले समाजको विकृति र विसंगतिको चिरफार गर्दै त्यस्तो हुनु हुँदैन भन्ने सुधारवादी कथाकारको रूपमा आफूलाई चिनाएको बताए।

स्रष्टा समाज नेपालका अध्यक्ष तथा लघुकथा समाज नेपालका संस्थापक केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विविधा समालोचना संग्रहको समीक्षा गरेका थिए।

स्रष्टा समाज नेपालका अध्यक्ष रोदनले समालोचक ममता मृदुलले बडो रोचक,फरक र नयाँ शैली अपनाउँदै कृतिहरूको समीक्षा गरेको बताए।

उनले भने, ‘नयाँ पुस्तकलाई छिटोभन्दा छिटो संग्रहमा ल्याइएको छ। समालोचनासंग्रहमा फरकफरक व्यक्ति समेटिएका छन्। सबै पुस्तक उत्कृष्ट भएर समालोचना लेखिएका छैनन्। समालोचनाले राम्रा स्रष्टालाई बल पुगेका छन् भने नयाँ स्रष्टालाई झन् बल पुगेको छ।’

स्रष्टा समाज नेपालका अध्यक्ष रोदनले समालोचक ममता मृदुलले बडो रोचक,फरक र नयाँ शैली अपनाउँदै कृतिहरूको समीक्षा गरेको बताए।

उक्त कार्यक्रममा लघुकथा समाज कोशी प्रदेशले ‘लघुकथा सौन्दर्य’ फेसबुक पेजमार्फत हुँदै आएको लघुकथा प्रतियोगिताका विजयी लघुकथाकारहरू गौरी न्यौपाने, मनीषकुमार शर्मा, रञ्जु खनाल, विन्दु अधिकारी ढकाल र सुशिला देउजालाई पुरस्कृत गरिएको थियो।

लघुकथा समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा लघुकथा प्रतियोगिताको संयोजक तुलसीहरि कोइरालाले लघुकथा विधा व्यापक रूपमा विस्तार हुँदै गएको बताए। उनले ‘लघुकथा सौन्दर्य’को प्रतियोगिता निरन्तर रूपमा भाद्रसम्म चलिरहने र उत्कृष्ट तीन जनालाई लघुकथा दिवसमा पुरस्कृत गरिने पनि बताए।

वरिष्ठ समालाेचक कलानिधि दाहाले लघुकथा विधाले बृहत क्षेत्र ओगटै गएको बताए।

प्रमुख अतिथि प्राडा कुमार कोइरालाले डिजिटल युगमा पाठकको रूचि अनुसार लेख्न निकै कसरत गर्नुपर्ने सुझाव दिए।

ममता मृदुलले छोरीले आमा भएर अगाडि बढ्न भूमिका निर्वाह गरेकीले छोरीकै जन्म दिनमा छोरीको लोकार्पण गरेको बताइन्। उनले पछि परेका कथाकारलाई अगाडि ल्याउन तथा नयाँनयाँ कथा पढ्ने सोचले लघुकथा प्रतियोगिताको आयोजना गरेको पनि बताइन्।

प्रमुख अतिथि प्राडा कुमार कोइरालाले डिजिटल युगमा पाठकको रूचि अनुसार लेख्न निकै कसरत गर्नुपर्ने सुझाव दिए।

साहित्यकार मृदुलले भनिन्, ‘म आफूलाई फरक हुनुपर्छ भन्छु। मैले लेखनमा आफ्नै बाटो समात्न खोजेकी छु। मैले समालोचनामा पनि कुनै सिद्धान्त अँगालेकी छुइनँ।’

स्रष्टा निर्मला मुरारीकाे स्वागत मन्तव्य र अदिति श्रेष्ठकाे उदघाेषणमा सम्पन्न लाेकार्पण कार्यक्रममा कमला रिसाल,राधेश्याम लेकाली, ध्रुव मधिकर्मी, सुमन सौरभ, रेखा घिमिरे, विक्रमभक्त जोशी, ललिता दोषी, यमुना अधिकारी, रीता न्यौपाने, हरीष कल्पित, विजयध्वज थापा, फणि पाठक,  पुरुषोत्तम दाहाल, भगवती सेढाई, उषा केसी, लक्ष्मी पाेखरेल, श्रीराम राई लगायतको उपस्थित रहेको थियो।

प्रकाशित: २६ वैशाख २०८० ०७:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App