कला

चिकित्साका कठिन प्राविधिक ज्ञानको सरलीकरण

पुस्तक

कुनै समय नेपाली भाषामा चिकित्सासम्बन्धी जानकारी लिनुपर्दा ‘डाक्टर नभएमा’ ठुलो सहयोगी पुस्तक थियो। लगभग पाँच सय पृष्ठको सो पुस्तक एकताका हरेक सचेत पढालेखा परिवारको अनिवार्य पुस्तक बन्ने गर्थ्याे। सो पुस्तकले प्राथमिक स्वास्थ्यका बारेमा दिइने जानकारीको खडेरीमा एउटा ठुलो भूमिका खेलेको थियो।

नेपाली भाषामा लामो समयसम्म त्यस किसिमको प्रयास कसैले गरेन। पछिल्लो समयमा भने चिकित्सा-साहित्य सिर्जना गर्ने क्रम निकै आक्रामक तरिकाले बढिरहेको छ। चाहे त्यो कथाका रूपमा लक्ष्मण अधिकारीद्वारा लिखित ‘मर्फिन’ होस् या आत्मकथाका रूपमा आएका भगवान कोइरालाको ‘हृदय’, अवनिभूषण उपाध्यायको ‘मुटुसँग सहयात्रा’ र अन्य, यी सबै पुस्तकले चिकित्सा-साहित्यलाई  उन्नत बनाउँछन्।

कुनै समय नेपाली भाषामा चिकित्सासम्बन्धी जानकारी लिनुपर्दा ‘डाक्टर नभएमा’ ठुलो सहयोगी पुस्तक थियो।

यसै क्रममा एउटा गैरआख्यानात्मक कृति ‘प्याथोलोजी मार्गदर्शन’ बजारमा आएको छ। डा. केयूर गौतमद्वारा लिखित यो पुस्तक माथि उल्लिखित सिर्जनाभन्दा फरक र अलि बढी प्राविधिक छ। र, सम्भवतः यही यसको सुन्दरता समेत बन्न पुगेको छ।

यस पुस्तकले साधारण भाषामा चिकित्सकीय विधाका जटिल पाटा र प्राविधिक पक्षलाई सरलीकृत रूपमा प्रस्तुत गरेको छ। यसका लागि सर्जक डा. केयूर गौतम धन्यवादका पात्र बन्न पुगेका छन्। यो पुस्तक यस कारण पनि महत्वको छ कि चिकित्सा विज्ञान अध्ययन गरिरहेका विद्यार्थी, अध्ययन सकिसकेका र चिकित्सा अभ्यासमा लागिपरेका नयाँ पुस्ताले नेपाली भाषामा एउटा गहकिलो पाठ फेला पारेका छन्।

यसै क्रममा एउटा गैरआख्यानात्मक कृति ‘प्याथोलोजी मार्गदर्शन’ बजारमा आएको छ। डा. केयूर गौतमद्वारा लिखित यो पुस्तक माथि उल्लिखित सिर्जनाभन्दा फरक र अलि बढी प्राविधिक छ। र, सम्भवतः यही यसको सुन्दरता समेत बन्न पुगेको छ।

अंग्रेजीमा लेखिएका सबै पुस्तक गहन र नेपाली भाषामा लेखिएका सबै पुस्तक हलुङ्गा भन्ने सोच नेपाली समाजमा नभएको होइन। कतिपय अवस्थामा पुस्तकमा प्रयुक्त नेपाली-अंग्रेजी-नेपाली शब्दावलीहरू हाँसो उठ्दो, असुहाउँदिलो वा असहज लाग्ने किसिमको महसुस नहुने होइन।

हामीले पछिल्लो समय प्रायः अंग्रेजीका शब्दावलीहरू नै व्यवहारमा बढी प्रयोग गर्न थालेका छौं र कतिपय अवस्थामा त शब्दावलीलाई नेपालीमा लेखेको खण्डमा नबुझिने समस्या समेत बढेर जान थालेको छ।

यस्तोमा नेपाली भाषामा क्लिष्ट चिकित्सकीय साहित्यलाई सरलीकृत रूपमा बुझाउने प्रयास हुनु, त्यो पनि प्याथोलोजी प्रयोगशालामा उपयोग हुने विषय, निश्चय नै प्रशंसालायक पक्ष हो।  

प्रकाशित: १६ वैशाख २०८० ०३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App