कला

कमेडि विथ च्याम्पियनमा सहभागी भएपछि विपिनले भने: मलाई दरै व्यंग्य हाने

अभिनेता विपिन कार्कीले कमेडि विथ च्याम्पियनमा धेरै व्यंग्य खानुपरेको बताएका छन्।

बिहीबार कमेडि विथ च्याम्पियनमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले च्याम्पियनमा धेरै व्यंग्य खानुपरेको बताएका हुन्।

उनले प्रदर्शनमा आउने तयारीमा रहेको आफ्नो चलचित्र प्रसादको कथावस्तु सानो विषयमा रहेको र अहिलेको प्रसाद २ मा झनै बढी दर्शकहरुलाई रमाइलो लाग्ने बताए।

चलचित्र प्रसाद २ ले प्रसादको भन्दा धेरै मनोरञ्जन दिने उनको भनाइ छ। प्रसाद २ यही वैशाख १५ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित: ७ वैशाख २०८० ११:२७ बिहीबार

विपिन कार्की