कला

सुस्तरी सुस्तरी म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा सजिएको हृदयस्पर्शी गीत सुस्तरी सुस्तरीको  म्युजिक भिडियो सार्वजनिक भएको छ।यस गीतलाई भुवन न्यौपानेले लेखेका हुन्।

वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ।अप्रेशनको   क्रममा आमाको मृत्यु भएपछि बुवाले बाँचेकी छोरीलाई हुर्काउन गरेको त्याग र संघर्षलाई भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ। म्युजिक भिडियोमा भिम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय रहेको छ।  बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।

 निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।बिजी इन्टरटेन्मेण्टु नामक युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। 

प्रकाशित: ३ वैशाख २०८० ०५:०० आइतबार

म्युजिक भिडियो शिव परियार सुस्तरी सुस्तरी