जुम्लुङ्ड आयो नयाँ वर्ष मेरा आँगनमा। पुरानो र नयाँको जम्काभेट भयो। दुवैले हात मिलाए अनि अंकमाल पनि गरे। पुरानो वर्षले भन्यो, ‘के ल्यायौ भाइ तिमीले खोकिलामा हालेर?’
नयाँ हुँ भन्नेले मनक्क पर्दै भन्यो, ‘आशा।’
पुरानाले थप्यो, ‘मैले पनि पोहोर साल यसै दिन आशा अनि भरोसा बोकी ल्याएथें तर बीच बाटामै लुटिएँ।’
नयाँले थप्यो, ‘पोको पो राम्ररी कसेनौ कि?’
पुरानो बोल्यो,‘कसेकै हो तर लुटेराहरू बलिया थिए। मैले सकिन जोगाउन।’
पुरानाले थप्यो, ‘मैले पनि पोहोर साल यसै दिन आशा अनि भरोसा बोकी ल्याएथें तर बीच बाटामै लुटिएँ।’
नयाँले भावनाका वीजहरू छर्दै भन्यो, ‘तर,मलाई तिमी जस्तो लुत्रे नठान दाइ! आशा बाँड्न सकिन भने मलाई चारपाटा मुडिदिनू। यतिले नि चित्त नबुझे दक्षिणकालीमा लगेर रेटिदिनू।’
पुरानो वर्ष नयाँ वर्षका मुखमा हेरेर टोलायो। उसले कैयौं पटक तुलना गरिरह्यो-चुनाव ताका आश्वासनका पुलिन्दा बोकी आउने नेता अनि आशाको पुन्तुरो च्यापी ल्याउने यो नयाँ वर्षलाई।
प्रकाशित: २ वैशाख २०८० ०४:५५ शनिबार