कला

स्तम्भकार प्रजापतिलाई पुष्पपराग वर्ष सम्मान

पुष्पपराग साहित्य प्रतिष्ठानले साहित्यकार तथा स्तम्भकार रत्न प्रजापतिलाई पुष्पपराग वर्ष सम्मान तथा पुरस्कार प्रदान गरेको छ। वरिष्ठ गीतकार प्राडा कृष्णहरि बरालको आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार प्रजापतिलाई सो सम्मान प्रदान गरिएकाे हाे।

त्यसै गरी साहित्यकार शोभा दुलाललाई तिलकुमारी खड्का स्मृति पुरस्कार तथा सम्मान, शरदचन्द्र वस्तीलाई नील-गंगा भाषा साहित्य पुरस्कार तथा सम्मान,  हरिदेवी कोइरालालाई पद्मावती गीत, संगीत पुरस्कार तथा सम्मान र सत्यकला राईलाई शुक्रमन्दिर लोकसाहित्य पुरस्कार तथा सम्मान सम्मान प्रदान गरिएकाे हाे।

त्यस्तै छेवाङ तेन्जिङ लामालाई कृष्णलाल/गोपिनी शिवाकोटी स्मृति पुरस्कार तथा सम्मान, खेमनाथ दाहाललाई परममाया कृष्णप्रसाद थपलिया स्मृति पुरस्कार तथा सम्मान र डिल्लीप्रसाद मूल्तिहूनलाई पुष्पपराग युवा साहित्यकार सम्मान प्रदान गरिएकाे हो।

साहित्यमा योगदान गर्ने एकजनालाई दिइने मानार्थ सदस्य यसपटक साहित्यकार डा. भोजराज घिमिरेलाई प्रदान गरिएको थियो।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष डा. प्रदीपकुमार मैनालीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू छान्दा गैरराजनीतिक, निर्विवादित, निष्पक्ष र स्थापित सर्जकहरूको सल्लाह लिएको बताए।

कार्यक्रमका प्रमुख अतिथि प्राडा बरालले पुरस्कारमा विकृति फैलिएको बेला पुष्पपराग साहित्य प्रतिष्ठानले पारदर्शी र विवेकपूर्ण ढंगले पुरस्कृत तथा सम्मानित व्यक्तित्व छानेको र अरू संस्थाले यसै संस्थाबाट पाठ सिक्नुपर्ने बताए।

कार्यक्रममा डा. अम्बिका अर्याल, डा. जीवन जिवन्त र सन्तोष श्रेष्ठले पुरस्कृत व्यक्तित्वबारे परिचय प्रस्तुत गरेका थिए।

प्रकाशित: २६ चैत्र २०७९ ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App