कला

डा. पुडासैनीलाई ‘मैनाली कथा सम्मान’

स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले बयालीसौं कथा दिवस मनाएको छ। कथा दिवसको अवसरमा ‘मैनालीका कथामा पूर्वीय आदर्श चेतना’ विषयमा विद्यावारिधि गरेका डा. घनश्याम पुडासैनीलाई ‘मैनाली कथा सम्मान’ प्रदान गरिएको छ।

कार्यक्रममा संघका आजीवन सदस्य सांसद् रेखा थापालाई सांसद् भएकोमा बधाई तथा शुभकामना पनि प्रदान गरिएको थियो।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभाध्यक्षमा आयोजित सो कार्यक्रममा सम्मानित पुडासैनी र र यादवलाई कार्यक्रमका प्रमुख अतिथि कथाकार हिरण्यकुमारी पाठकले सम्मान गरेकी थिइन्।

सो कार्यक्रममा कथाकारहरू-श्रीओम श्रेष्ठ रोदन, विमल भौकाजी, तुलसीहरि कोइराला, हरि थापा, निर्मलरमण पराजुली, ममता मृदुल, नरेन्दबहादुर श्रेष्ठ, हिरण्यकुमारी पाठक लगायतले लघुकथा वाचन गरेका थिए।

वरिष्ठ कवि यादव भट्टराईले चलाएको उक्त कार्यक्रममा वरिष्ठ आख्यानकार पद्यावती सिंहले स्वागत र डा. दामोदर पुडासैनीले धन्यवाद ज्ञापन प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि पाठक, अध्यक्ष लेकाली, सम्मानित पुडासैनी, सांसद् यादव लगायतले मन्तव्य दिएका थिए।

कार्यक्रममा कथाकार गुरुप्रसाद मैनालीबारे चर्चा गरिएको थियो। कार्यक्रममा साहित्यकारहरू प्राडा गोविन्दमान सिंह कार्की, शंकर भारती, रमेश श्रेष्ठ, नीता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २० चैत्र २०७९ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App