कला

हिसिलाका साथ बाबुरामले 'जात्रा’ हेरेपछि भने– 'उत्कृष्ट'

काठमाडौं– चलचित्र ‘जात्रा’ प्रदर्शनको शुक्रबारबाट चौथो साता लागेको छ। दर्शक र समीक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयाेजक डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिएका छन्। बिहीबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरसँग फिल्म हेर्दै उत्कृष्ट फिल्म मध्येको एक रहको प्रतिक्रिया दिएका हुन्।

प्रदीप भट्टराई निर्देशित ‘जात्रा’ नेपाली समाज र राज्यको जीवन्त र रोचक चित्रण गर्ने फिल्म रहेको उनले बताएका छन्। उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ । र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ। आज कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन। त्यसको सजिव चित्रण फिल्ममा गरिएकाले निकै मन पर्यो।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफूलाई गम्भीर बनाएको बताइन् । ‘जात्रा’ एशियामै अवार्ड पाउनलायक सिनेमा रहेको उनको भनाई छ ।

यस्तै, अभिनेत्री मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरेकी छिन् । ‘जात्रा नहेरेको भए मैंले राम्रो फिल्म छुटाउने रहेछु उनले भनिन् रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ।

प्रकाशित: १७ मंसिर २०७३ ११:३७ शुक्रबार

हिसिलाका साथ बाबुरामले जात्रा हेरेपछि भने– उत्कृष्ट