कला

सरितका तीन बाल कृतिमाथि छलफल

‘पहिचानका लागि महिला आवाज’ नामक संस्थाद्वारा साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितका नयाँ तीन बालकृति बाटुली (कथासंग्रह), मान्या मेरी छोरी (कथासंग्रह) र जूनतारा (कवितासंग्रह) माथि जुम प्रविधिमार्फत विमर्श भएको छ।

भुँडी पुराण प्रकाशनबाट प्रकाशित ‘बाटुली’ र ‘जूनतारा’ तथा अक्षरधाम प्रकाशनबाट प्रकाशित ‘मेरी छोरी मान्या’ माथि भएको विमर्श कार्यक्रमलाई प्यानल डिस्कशनको नाम दिइएको थियो।

उक्त डिस्कशनमा लेखक इन्द्रकुमार श्रेष्ठ सरित्,रञ्जुश्री पराजुली, छायादत्त नेउपाने, र ज्ञाननिष्ठ ज्ञवालीको सहभागिता रहेको थियो।

विमर्शको क्रममा साहित्यकार सरितले आफूले एकादेशको कथा नलेखेर यथार्थको धरातलमा टेकेर बालबालिकाका लागि कथा लेखेको बताए।

त्यस्तै अन्य वक्ताहरूले इन्द्रकुमार श्रेष्ठ सरितका बालकथामा मनोविज्ञान र मनोविश्लेषण पक्ष मुखरित हुनुका साथै उनका बालसिर्जनाले बालबालिकालाई मिहिनेती र संघर्षशील हुनु अभिप्रेरित गर्ने बताए।

साहित्यकार लक्ष्मी उप्रेती, सरस्वती श्रेष्ठ सरु, बोधराज पौडेल, इन्द्रप्रसाद अधिकारी, चन्द्रप्रसाद अधिकारी, सुमन वाङ्देल, रश्मि शर्मा, केशव पराजुली आदिले सरितको कृतिमाथि बोलेका थिए।

संस्थाका उपाध्यक्ष अनुराधा खकुरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्राडा ध्रुव घिमिरेले सरितको बाल साहित्यबारे बोलेका थिए। कार्यक्रममा संस्थाका अध्यक्ष सुधा मैनालीले कार्यक्रमको सञ्चालन गरेका थिए।

प्रकाशित: २८ फाल्गुन २०७९ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App