कला

चपाउने दाँत

लघुकथा

एक वर्ष अघिसम्म चम्पतलाल सडकमा भेटिन्थ्यो। खासगरी साम्राज्यवाद विरोधी आन्दोलनको अग्रमोर्चामा ऊ डटिरहेको हुन्थ्यो। कहिले सडकमा माइकबाट भण्डाफोर बोलिरहेको हुन्थ्यो। कहिले पुत्लादहनमा सलाई कोरिरहेको हुन्थ्यो। कहिले राँकेजुलुसमा राँको सल्काइरहेको हुन्थ्यो।

खासगरी एमसिसी पास गर्नुहुन्छ कि हुँदैन भन्ने विषयमा संसदमा चर्को बहस चलिरहेको थियो। सडकमा पनि दिनदिनै नाराजुलुस उठिरहेको थियो। सडकमोर्चा उनै चम्पतलालले समालेका थिए भन्दा फरक पर्दैन।

अहिले चकमन्न छ सडक। चम्पतलालको चालचुल छैन। त्यत्रो देशभक्तिको कुरा गर्ने मानिस! त्यत्रो राष्ट्रवादको नारा उराल्ने मानिस! कता लुप्त भयो? खुलदुली पैदा भयो।

एउटा शुभचिन्तकले चिन्ता प्रकट ग¥यो,‘हन, कता हराए चम्पतलाल? उनको अनुपस्थितिमा आन्दोलनको आगो नै निभ्यो त?’

अर्को एक अजनवीले ओठ लेपार्दै भन्यो, ‘खोई, उसको चपाउने दाँत देखेको त तपाईंहरूले? ऊ त छ महिनाअघि नै डिभी पारेर अमेरिका छिरिसक्यो त!’

प्रकाशित: २७ फाल्गुन २०७९ ०६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App