कला

लक्ष्मणको संगीतमा ‘अधिकार बाँडिदेऊ’ सार्वजनिक

कवि तथा गीतकार सरला श्रेष्ठको गीति कविता अधिकार बाँडिदेऊको अडियो-भिडियो सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा अधिकार बाँडिदेऊ शीर्षकको गीतलाई सार्वजनिक गरिएको थियो। गीतमा गायिका मिलन नेवारको स्वर र लक्ष्मण पोखरेलको संगीत रहेको छ।

छोरा र छोरीबीचको भेदभाव अन्त्य गरौं, छोरीलाई पनि छोरासमान हक र अधिकार दिऔं भन्ने सन्देश बोकेको गीतलाई वरिष्ठ संगीतकार राजु सिंह, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले गीत सार्वजनिक गरेका थिए। सो अवसरमा संगीतकार सिंहले नेपाली संगीतले धेरैपछि एउटा कालजयी गीत र एकजना उदीयमान संगीतकार पाएकोमा खुसी व्यक्त गरे।

गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले अधिकार बाँडिदेऊ गीतबाट नेपाली गीतसंगीतले एकपटक फेरि सुन्दर सिर्जना पाएको बताए। गीतकार सरला श्रेष्ठले भिडियो सन्देशमार्फत अतिथिहरूलाई स्वागत र गीतका बारेमा धारणा राखिन्। लक्षु प्रकाश मल्लको संगीत संयोजन रहेको गीतमा दिल सार्कीको रेकर्डिङ र किशोर थापाको मिक्सिङ रहेको छ।

यसैगरी ए वान म्युजियनमा रेकर्ड भएको गीतलाई ओमप्रकाश अवस्थीले लेखन, सम्पादन र निर्देशन गरेका हुन्। अमृता श्रेष्ठ, सुमित्रा अधिकारी, प्रशान्त हुमागाई, सुक्रित खतिवडा, स्यारोन खतिवडाको अभिनय रहेको छ। म्युजिक भिडियोमा रक कौशल छायाकन अनिमेश गुरुङको, मेकअफ लक्ष्मण भण्डारी र राज घिसिङको प्रोडक्सन रहेको गीतलाई एसएस क्रियसनले बजारमा ल्याएको हो। गीतकार सरला श्रेष्ठको प्रस्तुति रहेको गीत एसएस क्रियसन युटुब च्यानलबाट प्रसारण गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०७९ ००:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App