कला

खुसी

लघुकथा

अरुणबहादुर खत्री नदी

एकाबिहानै म घरनजिकैको मन्दिरमा पुगें। मन्दिरमा मैले भगवानलाई ढोग्दै गर्दा एकजना बूढी आमैले भगवानको श्लोक पढिन् र भगवानलाई ढोगेर मन्दिरमा भगवानलाई चढाएको पैसा,स्याउ र केरा आफ्नो झोलाभित्र हालिन्।

आमैले झोलामा हालेको देखेपछि मैले त्यो मन्दिरको पूजारीसँग भनें, ‘भगवानको दर्शन गर्न भनेर आएकी बूढी आमैले अरूले चढाएका फलफूल र पैसा किन लगेको होला?’

पूजारीले भने, ‘ती बूढी आमैले आफ्नो नातिनातिनीलाई घरमा खुवाउन लगेको होला दाजु।’

अर्को दिन फेरि तिनै बूढी आमैलाई बिहान मन्दिरमा दर्शन गर्न जाँदा मैले सोधें, ‘आमा, अरूले यहाँ भगवानलाई चढाएको फलफूल र पैसा तपाई किन लैजानुहुन्छ?’

बूढी आमैले भनिन्, ‘मेरो नातिनातिनीलार्ई खुसी पार्न फलफूल र चढाएको पैसाले चकलेट बिस्कुट किनेर लग्छु नि बाबू।’  

प्रकाशित: २२ फाल्गुन २०७९ ०८:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App