कला

सहयोग

लघुकथा

सफ्टवेयर इन्जिनियरको परीक्षा चल्दै थियो। ट्राफिक जाममा फसेकाले ढिलो भैसकेको थियो। हतारमा राइट टर्न लिंदै थिए। अकस्मात् मिनी ट्रक आयो। ब्रेक लगाउनुपर्ने एक्सिलेटरमा खुट्टा गएछ। कार ठोकियो। दुवैले पुल ओभर गर्‍यौ। पुलिस बोलाउँछु भन्दै थियो। मैले आफ्नो हालत बताउँदै छोडिदिन बिन्ती गरें।

तर,खैरेले छोड्न मानेन। मैले भनें, ‘परीक्षाका लागि रातदिन मेहनत गरेको छु। मानवीयताको आधारमा भए पनि जान देऊ। के थाहा, भोलि म तिम्रो काममा आउन सक्छु कि!’

उसले भन्दैथ्यो, ‘तिमी मेरो काममा आए पनि नआए पनि तिम्रो अवस्था हेरेर छोड्दै छु। कसैलाई परोपकार गरेको सम्झनेछु।’

केही समयपछि म कामका लागि इन्टरभ्यू दिन गएको थिएँ। तर, त्यहाँको माहोल अर्कै थियो। सम्पूर्ण कम्प्यूटर सिस्टम ह्याक भएर सबै चिन्तित थिए। भनौं कम्पनी डुबिसकेको थियो। मैले केही गर्न सक्छु कि भनी अनुरोध गरें।

एक घण्टा जति लगाएर मैले सामान्य अवस्थामा लेराइदिए। उनीहरूको खुसीको सिमाना रहेन र मैले भनें, ‘हजुरले मलाई त्यो दुर्घटनामा छोडिदिनुभएको थियो। आज मैले तपाईको कम्पनी डुब्नबाट बँचाएँ। राम्रो गरे राम्रै प्रतिफल मिल्छ, बुझ्नुभयो!’

प्रकाशित: २१ फाल्गुन २०७९ ०४:१६ आइतबार

अक्षर