कला

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ।

विराट सिने नामबाट उक्त  हल  सञ्चालनमा आएको हो। सो हलमा  नेपाली फिल्म छक्का ‘पञ्जा ४’ शुक्रबारदेखि प्रदर्शन भएको सञ्चालक तथा फिल्म निर्माता चीरञ्जीवी बस्नेतले बताए। उनले सिनेमा हल व्यवसायका लागि मात्र नभएर कलाकारको सम्मान तथा कला संस्कृतिको जगेर्ना गर्ने भएकाले हल सञ्चालनका लागि स्थानीयको साथसहयोग हुने जरूरी छ भने।

तीन लगानीकर्ताको चार करोड रुपैयाँभन्दा माथिको रकममा सुविधा सम्पन्न हल सञ्चालनमा आएको उनले बताए। सो हलमा एक सय ३० सिट क्षमता  छ। सो हल विगत दुई दशकअघि स्थानीय गणेश खड्का, ईश्वरी विष्ट,केशव विष्ट लगायतले सञ्चालन गरेका थिए।

सञ्चालक बस्नेतले भने, ‘अहिले एउटा पर्दा सञ्चालनमा आएको छ। अब केही समयपछि दोस्रो पर्दा सञ्चालनमा आउने छ।’

सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा एउटा सिनेमा हलको खाँचो भएकाले यस अभावलाइ विराट सिनेले पूरा गर्ने वडा नं ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले बताए। रासस  

प्रकाशित: २१ फाल्गुन २०७९ ०३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App