कला

भगवानदासको भाग्य

लघुकथा

१. धैर्य

सपना र निशा दिदीबहिनी थिए। सानैमा उनीहरूका आमाबाबु परलोक भए। सपना दिदी र बहिनी निशामा दुई वर्षको मात्र फरक थियो।

दाजुभाउजूका सन्तान हुर्काउन, बढाउन सबै फुपूले नै गरिन्। अझै पनि सबै घर-व्यवहार हेर्दैछिन्। उमेर ढल्कन लागेका बेला पनि...।

सपना र निशाको बिहेको कुरा धेरै अगाडि टुंगो लागिसकेको थियो। आफैले नै रोजेका दुवैका भनेजस्तो जीवनसाथी दिदी सपनाको डाक्टर थिए भने बहिनी निशाको पनि आफ्नै व्यवसाय भएको केटो थियो। भनेजस्तो साथी पाएकोमा दुवै खुसी थिए।

आफन्त नातेदारका सल्लाह अनुसार भदैनीहरूले बिहेपछि फुपूलाई पालैपालो ६ /६ महिना पाल्नुपर्ने सर्तमा वकिल बोलाइयो। बुबा र फुपूको भागको आधाआधा दिदी र बहिनीलाई गरिने कुरा गरियो।

अचानक वातावरण मौन। सुमित्राको धैर्यको बाँध टुट्यो। उनलेले वकिललाई भनी, ‘वकिल साहेव, दाइभाउजूको भाग दिदीबहिनीलाई दिन मलाई आपत छैन्। तर, के म सधैं अरूको घरमा मुख ताकेर बस्नुपर्छ? मेरो आफ्नो अब कुनै अधिकार नै छैन? मेरो भाग मसँगै राख्छु। म पनि एउटा आफ्नै छुट्टै घर बनाउँछु।’

भदैनीहरूतर्फ देखाउँदै तिमीहरूलाई माइती घर आउन मन लाग्दा आउन घर पनि त चाहिन्छ...!

२.भगवानदासको भाग्य

बिहे गरेर भगवानदासको घरमा भित्रिएका बेलामा बबिता होची भए पनि सुन्दर नै थिई। सबै परिवारले पहिले कति धेरै माया गर्दथे। बर्सेनि छोरी चार जन्मिए। कमजोर झन् त्यसमाथि परिवार र लोग्नेको आँखाको कसिंगर बनी।

फेरि पनि गर्भवती भएकीले छिमेकीले कराएर अस्पताल पुर्‍याइएका थिए। उसको जटिल अवस्था थियो। उसको श्रीमान् बाहिर पर्खेर बसेको थियो। छोरा जन्मिएको खवरले खुसीले आत्तिदै घरमा मोबाइलबाटै खबर पुग्छ।

घरका परिवार चार छोरी समेत अस्पतालमा आउँदा बेग्लै माहौल थियो। भगवानदास भर्खर जन्मिएको छोरा बोकेर बसेको थियो। बबिताले संसार छोडेकी थिई। परिवार र अरू मानिस बच्चा र बच्चाका बाबुसँग थिए।

भावविह्वल दृश्य थियो। चार जना नानी  ‘आमा,उठ्नुस्’ भन्दै रुँदैकराउँदै थिए।

परिवारको एक नातेदारले त्यस्तो खोई के भन्यो कुन्नि भगवानदास अब लास नै बिर्सेर फेरि नयाँ दुलहीको कल्पनामा गदगद भएको देखिन्थ्यो।

प्रकाशित: १८ फाल्गुन २०७९ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App