कला

शब्दांकुर कथा प्रतियोगितामा ‘मोबाइलको घण्टी’ प्रथम

शब्दांकुर कथा प्रतियोगितामा ललितपुरका अजय रिसालको ‘मोबाइलको घण्टी’ प्रथम भएको छ।

२०५८ सालदेखि निरन्तर प्रकाशन हुँदै आएको शब्दांकुर साहित्यप्रधान मासिक बाइस वर्ष प्रवेश गरेको उपलक्ष्यमा आयोजित कथा प्रतियोगितामा उदयपुरका नन्दलाल आचार्यको ‘केटो’ ले द्वितीय र काठमाडौंका अज्ञात युवकको ‘दुर्व्यवहार’ले तृतीय स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा आएका कथाहरूको प्रारम्भिक छनोट सम्पादकहरू भोगेन्द्र लिङ्देन, गोविन्द घिमिरे र टेकेन्द्र चेम्जोङले गरेका थिए भने अन्तिम छनोट डा. गणेशप्रसाद भट्टराई, सुदीप पोखरेल र गायत्री विष्टले गरेका थिए।

सबै कथाबाट कथाकारको नाम, थर, ठेगाना आदि हटाई कोडिङ गरेर निर्णायकलाई कथा उपलब्ध गराइएको प्रतियोगिताको आयोजक तथा शब्दांकुर साहित्यप्रधान मासिकका प्रधानसम्पादक धीरकुमार श्रेष्ठ तथा व्यवस्थापक तुलसी कन्दङ्वाले बताए।  

प्रकाशित: १५ फाल्गुन २०७९ ०७:४९ सोमबार

अक्षर