कला

गीतकार रोहित घिमिरेको 'शितल शितल' मा मलिका र प्रिन्स

गीतकार रोहित घिमिरेको नयाँ गीत शितल शितलको भिडियो रिलिज गरिएको छ। सार्वजनिक गीतमा एक युगल जोडिको प्रेम र विरहको भावनालाई गीतकार घिमिरेले  शब्दमा बुनेका छन्।

एक दशकदेखि गीत लेखन गर्दै आएका गीतकार घिमिरेको यो गीतमा संगीत सिएल शर्माले दिएका छन् भने स्वर गायिका अस्मिता अधिकारी र गायक रवि शर्माको छ।

गीतको मिक्सिगं,मास्टरिगं र एरेन्ज पुष्कर खत्रीले गरेका हुन्। केशवराज भट्टको निर्देशनमा तयार भिडियोले मनाङ र मुस्ताङका राजकुमार र राजकुमारीको पुर्नजन्मको कथालाई भिडियो मार्फत देखाउन खोजेका छन्।

गीतमा नायिका तथा मोडल मलिका महत र प्रिन्स चौहानको अभिनय देख्न सकिन्छ। भिडियोमा बुद्ध थापाको छायांकन तथा दिलशन शाहको सम्पादन रहेको छ। गीतकार घिमिरेका यसअघि  सान्बाबु, सँगै जिउने मर्ने कसम, तिमी पनि, मेरो फोटो लगायत ३ दर्जन बढी  गीत बजारमा आइसकेका छन्।

प्रकाशित: ३ फाल्गुन २०७९ ०७:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App