कला

विवाहकाे तयारीमा रहेका सलमान नयाँ अपार्टमेन्टमा सर्दै

मुम्बई –दबंग स्टार सलमान खान र युलिना वंतूर डेटिङमा रहेको र चाडै नै विवाह गर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्ने गर्दछ। तर अहिले सलमान नयाँ अपार्टमेन्टम सर्न लागेको चर्चा भारतीय संचार माध्यममा चल्न थालेको छ ।

भारतीय संचार माध्यमले सलमान खानले आफू बस्दै आएको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्ट छाड्न लागेको बताएका हुन्। संचारमाध्यमले सलमानले आगामी नोभेम्बरमा युलियासँग विवाह गर्न लागेको र यसका लागि ग्यालेक्सी अपार्टमेन्ट छाडेर बान्द्रामा रहेको लिटल स्टार बिल्डिङमा सर्न लागेको उल्लेख गरेका छन्।

नयाँ अपार्टमेन्टको हाल रंगरोगनको कार्य भइरहेको र घर तयार भएपछि सलमान यलिनासँगै उक्त घरमा सर्ने बताइएको छ। उनीहरुले सलमानको परिवार पनि सो घरमा सर्ने बताएका छन्। तर सलमान तत्काल ग्यालेक्सी अपार्टमेन्ट बेच्ने सोचमा नरहेको पनि बताइएको छ। उनी विगत चालिस वर्ष उक्त अपार्टमेन्टमा परिवारका साथ बस्दै आएका थिए।

 

प्रकाशित: ३० भाद्र २०७३ ०६:३० बिहीबार

विवाहकाे तयारीमा रहेका सलमान अपार्टमेन्टमा सर्दै