कला

तीजमा सेलिब्रेटी

तीज हिन्दुधर्मको नारीहरूको लाग विशेष पर्व हो। रातो–रातो सारी, चुरा पोतो र श्रृगाँरमा सजिएर मीठोमीठो खाएर छमछमी नाच्न पाउँदा महिला वर्षभरिको पीडा विर्सिने गर्छन। त्यस्तैमा महिला सेलिब्रेटिजहरुको व्यस्तताको वीचमा पनि तीज कसरी मनाउनुहुन्छ? भन्ने प्रश्नमा आएको भनाइको सम्पादित अंश यस्तो छ।

करिश्मा मान्नधर (नायिका)

तीज महिलाहरुको महान पर्व हो। मैले पनि तीजमा रमाइलो गर्दै मनाउछु । काठमाडौं बस्ने हुनेको ले म क्षेत्री भएको हुना भएको हुनाले पहिले त त्यती मनाउँदैन्थयो तर विनोदसित विवाह पछि तराईका रिती अनुसार पनि तीज मनाउने गरेकेा छु ।

आफु भन्दा सानो सुहागको समान दिने चलन रहेकोले म पनि आफुभन्दा सानो सुहागको समान दिने गरेको छु। र आफुभन्दा ठूलाबाट पाउने पनि गरेको छु। तीजमा धेरै पहिलादेखी नै दर खाने गरेकी छु। यसपाली  अरुकाममा व्यस्त भएकोले तीजमा कम अटेण्ड गरे। नयाँ शक्तिको तीज कार्यक्रममा र माइती नेपालको कार्यक्रममा निकै रमाइलो गरे। छिमेकी मुलुक भारतको महिलाहरुले मनाउने करुवाचौथ पर्व जस्तै तीजमा पनि मनाउने मन्यता रहेको। दिनभरि व्रत वस्ने र साँझ फलफूल खाने गरेको छु। तीजको महिनामा पहिरनहरुमा परिवर्तन हुन्छ। 

सुष्मा कार्की (नायिका)

तीजमा विहान उठेर पशुपति जाने गरेकी छु। तीजमा दिदी बहिनीहरुको एक ठाँउमा जमघट भएर दर खाने  र रमाइलो गर्ने गरेकी छु। तीजको दिन हरेक वर्ष ब्रत बस्ने  साँझमा अलि कति फलफूल खाएर मनाउने गरेकी छु। तीजमा ब्रत वस्नु ने मूख्य कारण सुन्दर राम्रंो वर पाँउ भनेर भनेर बस्ने गरेकी छु। एक दिनमै चार ठाउँमा दर खानसमेत भ्याएको छु। तीज आउन अगाडीबाट नै रातो–रातो सारी चुरा पोतो, अविवाहित भएकोले कुर्ता पनि लगाउने गरेकी छु। तीजमा सबै भन्दा दर खाने र रमाइलो गर्ने मौका पनि पाइहाल्छु।

दीपाश्री निरौला (हास्य कलाकार)

तीजको सुटिङ्गमा व्यस्त भएकोले परिवारमा तीज मनाउन सकिरहेको छैन। घरमा तीज नमनाए पनि विभिन्न संघसंस्थाले आयोजना गरेको दर खाने कार्यक्रममा कढि अटेण्ड गर्ने गरेकी छु। बाहिर तीजका कार्यक्रममा र अरूले बोलाएको कार्यक्रममा पनि जान्छु। मैले व्रत बसेर तीज नमनाए पनि आत्मसात् भने गर्छु। निराहार व्रत बस्ने महिला दिदीबहिनीको साथमा हुन्छु। तीज सबैको चाड बनिसकेको छ। तीजमा पानी पनि नपिएर व्रत बस्नुपर्छ। त्यो गाह्रो काम हो। व्रत बस्दा भोक प्यास बिर्साउन महिला भेला भएर नाचगान गर्ने गरेका हुन्। हामी कलाकारहरु तीजको समयमा धेरै नै व्यस्त हुन्छौं।

रीचा शर्मा (नायिका)

तीजमा व्रत बस्न रुचाउँछु। म व्रत बस्न थालेको ६ वर्ष जति भयो। तीजमा व्रत बस्दा मनमा सन्तुष्टि हुन्छ। तीजको व्रत बसेपछि मैले पानीबाहेक खाँदिनँ।

आफन्तले दर खान बोलाउनुहुन्छ, त्यहाँ पनि गइन्छ। कहिलेकाहीँ बाहिरबाट पनि तीजको कार्यक्रममा बोलाउनुहुन्छ। व्रत बस्दाको दिनमा सबै घरमै भइन्छ। त्यसदिन पशुपति मन्दिरमा पनि जान्छु। तीज भनेको रातो पहिरन लगाउने पर्व हो। त्यो रातो साडीलाई सुख, शान्ति र सम्बृद्धिकाृ प्रतिक पनि मानिन्छ। चाडपर्व मनैदेखि मनाउनुपर्छ। चलिआएको संस्कृति पछ्याउनुपर्छ। मैले पनि तीजमा रातो पहिरन लगाउने गर्छु। रातो सारी, चुरा, पोतो र सबै श्रृगार गर्न रुचाउँछु।

नम्रता श्रेष्ठ (नायिका)

तीज नारीहरूको विशेष पर्व हो। तीज हिन्दु धर्मका धार्मिक आस्था राख्ने भएकाले म पनि तीज मनाउँछु। तीजमा व्रत बस्ने, पशुपति गएर शिवजीको पूजा गर्ने, आफन्त र साथीभाइसँग भेटघाट गर्ने, दर खाने गर्छु। तीजमा दरको नाममा धेरै खान भने हुँदैन, आफ्नो स्वस्थ्य हेरेर खानुपर्छ। एक महिना अघिदेखि धेरै ठाउँबाट आएको निमन्त्रणालाई स्वीकार गर्दै कार्यक्रम गर्ने, रमाइलो गर्ने, नाचगान गर्ने र खानपिन गर्दै आइरहेकी छु।  तीजमा महिलाहरु एक ठाउँमा भेला भएर पशुपति गएर पुजापाठ गर्दा मलाई निकै मन पर्छ।

केकी अधिकारी (नायिका)

तीज विशेष गरी हिन्दूको पर्व भए पनि अहिले सबै महिलाले मनाउन थालेका छन्। यो हिन्दु धर्म प्रतिको अस्था भएकोले राम्रो पक्ष हो। तीज घरमै सिमित नभएर विभिन्न कार्यक्रममा प्रस्तुती गर्दै, साथीहरूसँग हिँडडुल गरेर रमाइलो गर्दै मनाउँछु। तीजमा महिलाहरु स्वतन्त्र हुँदै फराकिलो सोच राख्ने क्षमता विकास भइसकेकोले अब नेपाली महिलाहरु पनि कम छैन। आफूलाई जसरी मन लाग्छ, त्यसरी नै तीज मनाउन पाइन्छ। तीज व्रत बस्ने र पूजा गर्न मात्र नभएर नारीको सुन्दरताको प्रतिक भएकोले श्रृगाँर गरेर शिवजीको लागि व्रत पनि वस्छन्। म पनि अविवाहित महिला भएकोले भगवान प्रति आस्था राखेर सुन्दर र राम्रो वर पाउँ भनेर व्रत वस्छु।

शोभा त्रिपाठी (लोकगायिका)

तीज धार्मिक दृष्टिकोणले ऐतिहासिक पर्व हो। यसपालीको तीजमा पनि शिवजीको व्रत वस्ने भएकी छु। व्रत वस्दा भोकको अनुभव हुँदा साथीहरु सित नाचगा गरेर विर्सिने गरेकी छु। रमाइलो निकै नै गर्छु। अहिले त एक महिना अघिदेखि दर खाने चलन छ। कार्यक्रममा भ्याएसम्म जान्छु। अन्य दिनभन्दा फरक गेटअपमा, रातो सारी, रातो चुरा, पोता लगाएर पुरै रातै भएर बस्छु।

वर्षा लेखी (मिस इन्टरनेशनल)

तीज पर्व हिन्दु नारीहरूको लागि विशेष पर्व हो तर थारु पृष्ठभुमीमा तीज नमनाउने भएकोले काठमाडौंमा आइसके पछि मनाउने गरेकी छु। तीजमा विशेषगरी दिदीबहिनी संगिनीहरूसँग रमाइलो गर्ने हो। यो रमाइलोभित्र व्रत बस्ने, नजिकैको शिवमन्दिर जाने, पुजापाठ गर्छु तर भगवा सित केही अपेक्षा भने गरेकी छुँइन। धर्म प्रति आस्था र भगान प्रति श्रद्धा भने रहेकोले व्रत पनि वस्ने गरेकी छु। तर, भोकभोकै बस्न सक्दिनँ। पानी चै पिउँछु। राति पूजा गरेर भोलिपल्ट बिहान शिवजीको पूजा गर्छु र फलफूल खान्छु।

प्रकाशित: १९ भाद्र २०७३ ०२:४९ आइतबार

तीजमा सेलिब्रेटी