कला

फ्रान्सेली सुपरमोडल नेपालमा

काठमाडौं – फ्रान्सेली मोडल क्यामिली सर्फ घुमघामको लागि नेपाल आएकी छिन्। गतवर्षकी मिस फ्रान्स समेत घोषित भइसकेकी मोडल सर्फले नेपाल आएको जानकारी इन्टाग्राममार्फत गराएकी छिन्।

‘हेलो काठमाडौं’ सहितको फोटो इन्टाग्राममा राखेर उनले नेपाल भ्रमणबारे जानकारी गराएकी हुन्। सोमबार राजधानी आइपुगेकी उनीले कपन गुम्बा र बौद्धस्थित विभिन्न गुम्बा भ्रमण गरेकी छिन्।

आमासँग थाइल्याण्डको लामो बसाई सिध्याएर गतसातमात्र फ्रान्स पुगेकी सुपरमोडल सर्फले आफ्नो शुभचिन्तकहरुलाई सामाजिक सञ्जालमार्फत कामको जानकारी गराउने प्रतिवद्धतासहित फोटोहरु इन्टाग्राममा राखेको प्रतिक्रिया दिएकी छिन्।

लामो समयको थाइल्याण्ड बसाईपछि मिडियामा विवाद खेपेकी उनको नेपाल बसाई लम्बिने सम्भावना रहेको छ। फ्रान्सेली मिडियाहरुले उनी सामाजिक सञ्जालप्रति खासै रुप नराख्ने प्रतिक्रिया दिएको थियो। सन् २०१४ को मिस युनिभर्सको टप १५ मा पुगेकी २१ वर्षे मोडल सर्फले नेपाल भ्रमणमा स्कुले साथीहरु समेत भेटघाट गरेकी छिन्।

प्रकाशित: १६ भाद्र २०७३ ०९:०७ बिहीबार

फ्रान्सेली सुपरमोडल नेपालमा