कला

गायक यमन माझीलाई 'सर्वोत्कृष्ट गायक अवार्ड'

गायक यमन माझी (माझी किङ) सर्वोत्कृष्ट गायक अवार्डबाट सम्मानित भएका छन्।  

शनिबार राष्ट्रिय नाचघरमा मनासलु मिडिया प्रा.लिले आयोजना गरेको छैटौँ मनासलु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई सर्वोच्च गायक अवार्डबाट सम्मान गरिएको हो। 

साङ्गीतिक क्षेत्रका साथै विगत लामो समयदेखि माझी समुदायमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डमार्फत प्रमाण पत्र प्रदान गर्दै सम्मान गरिएको हो।

उनले अवार्ड प्राप्त गरिसकेपछि आफूलाई थप हौसला मिलेको बताए। उनले आफ्नो भाषा, संस्कार र संस्कृति जोगाउन आफैंले केही पाठ्यक्रम बनाइ काठमाडौँ तथा विभिन्न गाउँमा समेत माझी भाषा सिकाएका थिए। 

माझी समुदायको उत्थानको निम्ति गीत सङ्गित, फिल्म डकुमेन्ट्री समेत निर्माण गरेका छन्, यमन माझीले।

उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड-२०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका थिए।

उनले नेपाली तथा माझी भाषाका थुप्रै गीतमा स्वर भरेका छन् भने केही नेपाली चलचित्रमा समेत अभिनय गरिसकेका छन्।

प्रकाशित: २४ पुस २०७९ १६:५० आइतबार