कला

सन्दिग्ध शताब्दी र श्रीबाबु कार्की

पुस्तक

ममता मृदुल

म केही न केही पढिरहन्छु। त्यसै बस्न सक्दिनँ। पढेपछि पुस्तकबारे लेख्न मन लाग्छ। सोही क्रममा मैलै निबन्धकार श्रीबाबु कार्कीको सन्दिग्ध शताब्दी पनि पढें। त्यही पुस्तकबारे केही लेख्दै छु।

विषय प्रवेश  

दोलखाको तामाकोसी गाउँपालिका-२ झुलेमा २०३३ साल चैत २६ गते पिता सुर्दशन कार्की र माता हेमकुमारी कार्कीको सुपुत्रका रूपमा श्रीबाबु कार्कीको जन्म भएको हो। उनी काठमाडौंमा बस्दै आएका छन्।

नेपाली भाषा साहित्यमा स्थापित स्रष्टा श्रीबाबु कार्की च्यापिएको मुस्कान, कवितासंग्रह-२०५६, समय बाछिटा लघुकथासंग्रह-२०६१, यतिको कथा, बालकथासंग्रह-२०६६, रमाइलो चरीगाउँ बालकथासंग्रह-२०६८,जराका अनुहार डिजिटल कवितासंग्रह-२०६९ र सन्दिग्ध शताब्दी निबन्धसंग्रह -२०७९ का प्रकाशित छन्।

उनी सिस्नुपानी नेपाल आजीवन सदस्य, इन्द्रेणी साहित्य समाज, काव्यालय दोलखा, नेपाली लेखक संघ केन्द्रीय उपमहासचिव र लघुकथा समाज नेपाल केन्द्रीय सचिव आबद्ध छन्।

आयाम

 साझा प्रकाशनले प्रकाशित गरेको ‘सन्दिग्ध शताब्दी’मा चौध निबन्ध सङगृहीत छन्। छयानब्बे पृष्ठ रहेको यो पुस्तकको आवरण रमेश श्रेष्ठको रहेको छ।

निबन्धभित्र पसेर बाहिर निस्कदा मेला घुम्न जाँदा  झमक्क साँझ परेको आभास भयो। रोचक, कौतुहल र सुन्दर रूपमा सिँगारिएका पात्रहरू देखेको भान हुन्छ। टिकट काटेर रोटे पिङ चढ्दाको अपार आनन्दले केही समयपछि छोडे पनि घुमेका देखेका बिर्सन नसके जस्तो आभास हुन्छ। जीवन भोग्नेले सबै चाह राखे पनि भोग्न नपाएका कुरा पढ्नुको मजा बेग्लै हुन्छ। फरक भोगाइ र अपार सोच छ। निबन्ध पढ्दा कविता पढ्दाको मजा र बास्ना आउँछ।

‘ढुंगा पो भएछु अचेल’ शीर्षकबाट निबन्ध सुरु भएको छ। जीवनको पार्श्वमा  मृत्युभय, जीवन एक, जुलुङ्गो अनेक, हृदयमा बयली खेल्दै असार, ल्याम्पपोस्ट, प्रेम, प्रिय गाउँ,नाक, नियतिको आकस्मिकता, यात्राः जीवनको सौन्दर्य, क्यामेला, प्रेम र झरिला मुस्कानहरू,रिस, निर्वर्जित मन र अन्तिममा ‘सन्दिग्ध शताब्दी’ शीर्षकको निबन्ध रहेको छ।

निबन्धकार श्रीबाबु कार्कीको ‘सन्दिग्ध शताब्दी’

दर्शन र जीवनबोधको सौन्दर्य छ। गीत गाउनुको आनन्द छ। सुसेल्न मन लाग्छ। सुरुङमा पस्नअघिको डर बाहिर निस्केपछिको खुसी निबन्धमा पाइन्छ।

भाषाशैली

भाषामा कलात्मकता र सरल नेपाली भाषा प्रयोग गरिएको छ। पुस्तक पढ्दै गर्दा निबन्ध पढे जस्तो हैन, आफैंलाई पढेको अनुभूति हुन्छ। कविता पढेको जस्तो लाग्छ। भावमा बगेर पढ्न पाएको पुस्तकमा मन बग्छ। पहाडले इन्द्रेणीको गलबन्दी कसेर ठाँट्टिने महिना हो-असार। हृदयमा बयली खेल्दै असार शीर्षकमा लेखिएको छ। हरेक निबन्धमा प्राप्त हुने सूक्तिमयताले निबन्धको स्वाद निकै बढाउँछ। घोत्लिन बाध्य गराउँछ। प्रस्तुतिमा अनेकौं वेग, अनेकौं आयाम र कल्पनाको अनन्त उडानहरू छन्।

उद्देश्य

सन्दिग्ध शताब्दीमा श्रीबाबु कार्कीले आफू बसेको समाजभित्र भोगेका, देखेका, सुनेका र अनुभूतिका कुरा समेटिएका छन्। सय वर्षपछिका पुस्ताले जानकारी लिने कुरा समेटिएको छ। सामाजिक सञ्जाल हुनुअघिका कुरा समेत समेटिएको छ। नजानिदो पाराले धेरै कुरा समेट्न सकेको देखिन्छ। पुस्तक पढ्दै गर्दा आफू बसेको परिवेश परिवर्तनशील छ भन्ने अनुभूति हुन्छ। भन्नलाई नभने पनि आफूलाई पुस्तकमा पढेको आभास हुन्छ। त्यो अनुभूति होस् भन्ने उद्देश्यले लेखिएको छ। हुनुपर्छ भन्ने सोचले लेखिएको छ।

निष्कर्ष

‘सन्दिग्ध शताब्दी’ मा प्रकाशकीयमा प्रस्तुति कृतिमा निबन्धकारितामा समाजको अमूर्त दर्शन छ, अमूर्त आग्रह छ र जिजीविषाको कलात्मक लय छ।

लेखिएको छ, श्रीबाबुपन बोकेको निबन्धहरू शीर्षकमा श्रीओम श्रेष्ठ रोदनले लेखेका छन्। शताब्दी नै सन्दिग्ध भएपछि अरूको के कुरा गर्नु। जे हुनु छ त्यही हुनुको मजा। देखिएकालाई के अर्थ। निबन्धहरू काव्यात्मक छन् र रंगिएका चित्रहरू जस्ता छन्। निबन्धमा गेय छ। गति पनि छ। लेखेका छन्।

‘उत्तरवर्ती आत्मपरक नेपाली निबन्धमा श्रीबाबु कार्की आफ्नो निजत्व र पृथकता लिएर उपस्थित भएका छन्, यो विशेष प्राप्ति हो’-प्राडा लक्ष्मणप्रसाद गौतमले पुस्तकको पछिल्लो आवरणमा लेखेका छन्।

निबन्धकार निबन्धमा प्रशस्त बोलेका छन्,

-मृत्युबाट लखेटिएर जतिसुकै दगुरौं। जतिसुकै भागौं। हामी मृत्युको लखेट्याइँबाट उम्कन वा छलिन सक्दैनौं।

-नाक अग्लिनुमा जति गौरव हुन्छ, होचिनुमा नाकको गौरव छैन।

-म कुनै बेला धेरै साथीसँग पत्रमित्र गर्थे। जतिबेला भौतिक दूरी भएका मानिससँग जोडिने माध्यम पत्राचार थियो।

एकै वाक्यमा भन्दा सुन्दर प्रस्तुतिले संग्रहका निबन्धहरू पठनीय बनेका छन्।  

प्रकाशित: १८ पुस २०७९ ०७:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App