कला

नेपाल स्रष्टा समाजको आयोजनामा तीन कृति लोकार्पण

नेपाल स्रष्टा समाजको आयोजनामा तीनवटा पुस्तक एकैसाथ लोकार्पण भएको छ। वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा माधव विडारीको उपन्यास ‘अनन्त यात्रा’, रामचन्द्र दाहालको कवितासंग्रह ‘सुजेरो’ र जिज्ञासु पौडेल तिलको मुक्तकसंग्रह ‘ज्वालामुखी’को लोकार्पण भएको हो।

उक्त लोकार्पित पुस्तकहरूमाथि प्राडा सावित्री कक्षपति, प्राडा कृष्णप्रसाद दाहाल, प्राडा गोविन्दमानसिंह कार्की र डा.शान्तिमाया गिरीले समीक्षात्मक टिप्पणी गरेका थिए।

कार्यक्रममा वाग्मती कलेजका अध्यक्ष रमेश सिटौला, समाजका सल्लाहकार चन्द्रप्रसाद भट्टराईले शुभकामना व्यक्त गरेका थिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा भएको कार्यक्रममा सचिव प्रकाश घायल, मधु पाठक, लोकार्पित पुस्तकका लेखक माधव विडारी, रामचन्द्र दाहाल र जिज्ञासु पौडेल तिलकले मन्तव्य राखेका थिए।

प्रकाशित: ११ पुस २०७९ ०७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App