निर्वाचन विशेष

टीकापुरको मेयरमा नागरिक उन्मुक्ति र उपमेयरमा माओवादी केन्द्र

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु भारी मतान्तरले विजयी भएका छन्। उनले प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका नवराज रावलभन्दा ३ हजार मत बढी ल्याएका छन्।

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार थारुले ९ हजार ६४२ र रावलले ६ हजार ६४२ मत प्राप्त गरेका छन्।

उनका अनुसार उपमेयरमा भने गठबन्धका तर्फबाट नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन्। उनले ७ हजार ९५५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नागरिक उन्मुक्तिका उल्कादेवी विकले ७ हजार ८०२ मत पाएकी छन्।

टीकापुर नगरपालिकामा ३१ हजार ५२३ मत खसेको थियो। सबैभन्दा बढी मत खसेको वडा नं. १ मा नेकपा एमालेका मोहन विक विजयी भएका छन्। उनी प्रतिस्पर्धी नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीभन्दा ३ मत बढी ल्याएर विजयी भएको निर्वाचन अधिकृत खड्काले जनाए। विकले २ हजार ४९८ र चौधरीले २ हजार ४९५ मत पाएका छन्। वडा नं. १ मा ११ हजार ७९ मत खसेको थियो।

कुल नौ वटा वडामध्ये काँग्रेसले ३, माओवादी केन्द्रले ३, नागरिक उन्मुक्तिले २ र एमालेले एक वडाध्यक्ष जितेको छ। काँग्रेसका तर्फबाट वडा नं. २ मा दीपक चौधरी, वडा नं. ३ मा ऋषी विश्वकर्मा र वडा नं. ६ मा बलिराम चौधरी विजयी भएका छन्।

त्यस्तै माओवादी केन्द्रबाट वडा नं. ७ मा यज्ञ न्यौपाने, वडा नं. ८ मा दीर्घ ठकुल्ला र वडा नं. ९ मा लौटन चौधरी विजयी भएका छन्। ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष थिए।

नागरिक उन्मुक्तिका तर्फबाट वडा नं. ४ मा लालविर चौधरी र वडा नं. ५ मा बलबिर चौधरी विजयी भएका छन्। वडा नं. ४ का लालविर यसअघि समेत वडाध्यक्ष थिए।

त्यस्तै वडा नं. १ मा एमालेका मोहन विक विजयी भएका छन्। उनी नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीसँग ३ मतान्तरले विजयी भएका हुन्। उनले २ हजार ४९८ मत पाएको निर्वाचन अधिकृत खड्काले जनाए।

प्रकाशित: ५ जेष्ठ २०७९ ०३:१५ बिहीबार

कैलालीको टीकापुर नगरपालिका नागरिक उन्मुक्ति पार्टी