निर्वाचन विशेष

नेपालगन्ज उपमहानगरमा कांग्रेसका विष्टको फराकिलो मतान्तर

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर मतले अग्रता लिएका छन्।

पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले ४२५७ मत प्राप्त गरी अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका पशुपतिदयाल मिश्रले १८८७ र राप्रपाका नन्दलाल बैश्यले १६३५ मत प्राप्त गरेका छन्। पहिलो नम्बरमा रहेका विष्ट र दोस्रो नम्बरका मिश्रबीच २ हजार ३ सय ७० मतको अन्तर रहेको छ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले २९६९ मत ल्याएर अग्रता लिइरहेका छन्। यस्तै राप्रपाकी विन्दु चर्तीमगरले २१५५ र नेकपा एमालेकी शान्ति ढकालले १७०९ मत प्राप्त गरेकी छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म वडा नम्बर १, २, ३, २१, २२ र २३ को मतगणना पुरै सकिएको छ। स्थानीय भेरी प्राविधिक शिक्षालयमा अन्य वडाको मतगणना कार्य चलिरहेको छ। नेपालगन्ज उपमहानगरपालिकामा २३ वटा वडा रहेका छन्।

नेपालगन्ज उपमहानगरपालिका  

नगर प्रमुख  

रुखः ४२५७

सुर्यः १८८७

हलोः १६३५

नगर उपप्रमुख  

छाताः २९६९

हलोः २१५५

सुर्यः १७०९

प्रकाशित: २ जेष्ठ २०७९ ०६:१५ सोमबार