निर्वाचन विशेष

स्याङजाको वालिङमा एमाले, पुतलीबजार, भीरकोट, गल्याङ र चापाकोट नगरपालिकामा काँग्रेस अगाडि

स्याङजाको गल्याङ नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रतालाई कायमै राखेको छन्। गल्याङ नगरपालिकामा नेपाली काँग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीसँगको मतान्तर झण्डै १ हजार छ। 

भट्टराईले ४६४३ मत प्राप्त गरेका छन्। काँग्रेसकी उपप्रमुख पदकी उम्मेदवार हेमा न्यौपानेले ४३७३ मत प्राप्त गरेकी छन्। नेकपा एमालेकी नगर प्रमुखकी प्रत्यासी उम्मेदवार सुुर्यप्रसाद गैह्रेले ३६८२ मत पाएका छन् भने उपप्रमुख देवी थापाले ३६६८ मत प्राप्त गरेकी छन्।

भीरकोट नगरपालिकाको काँग्रेसको प्रमुखको गोविन्द कर्माचार्यले २६३५  मत पाउँदा उपप्रमुख भगवती रेग्मीले भने २६८० मत प्राप्त गरेकी छन्। त्यसैगरी एमालेको तर्फबाट प्रमुखको उम्मेदवार विश्वनाथ अर्यालले १९०० मत पाउँदा उपप्रमुखकी सरस्वती अधिकारीले १८५४ मत प्राप्त गरेको छन्।

वालिङ नगरपालिकामा भने नेकपा एमालेमा उम्मेदवार कृष्ण खाँणले ४०० मतसहित अगाडि छन्। काँग्रेसका उम्मेदवार एवं बर्तमान नगरप्रमुख दिलिपप्रताप खाँण भने २३१ मतसहित पछ्याईरहेका छन्। उपप्रमुखमा नेपाली काँग्रेसकी कविता तिवारीले ३३१ मत पाउँदा नेकपा एमालेकी खसीसरा थापा मगरले ३०२ मत प्राप्त गरेकी छन्।

त्यसैगरी पुतली बजार नगरपालिका स्याङजाको काँग्रेसका प्रमुख पदका उम्मेदवार तुलसीराम रेग्मी २९३० मतसहित अगाडि छन्। एमालेकी सीमाकुमारी क्षत्री २३४३ मत प्राप्त गर्दै पछ्याईरहेको अवस्था छ। काँग्रेसीकी उपप्रमुख उम्मेदवार देवी अर्याल २७९८ र एमालेका तर्फबाट उपप्रमुख उम्मेदवार महेश पुरीको २६५८ मत ल्याएका छन्।

त्यस्तै स्याङजाको चापाकोट नगरपालिकामा नेपाली काँग्रेसका देवबहादु खाँण १६५ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका राजु कोईराला ११० मत प्राप्त गर्दै पछ्याईरहेका छन्। उपप्रमुखमा नेपाली काँग्रेसकी इशा रानाले १६८ मतसहित अगाडि रहदाँ नेकपा एमालेकी सुष्टि मल्ल भने ९६ मत प्राप्त गरेको प्रारिम्भक नजिताले देखाएको छ।

प्रकाशित: १ जेष्ठ २०७९ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App