नेपाली राजनीतिमा पछिल्लो समय एउटा फरक राजनीतिक शैली देखिन थालेको छ, ठाडो बोल्ने, आक्रामक प्रश्न गर्ने, शक्तिशाली व्यक्तिसँग नरम नहुने र परम्परागत राजनीतिक भाषाशैलीलाई चुनौती दिने।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनार यस शैलीका पछिल्ला चर्चित व्यक्ति हुन्। सार्वजनिक लेखा समितिको बैठकहरूमा प्रहरीको पोसाक खरिदमा अनियमितताको विषय उठाउँदा उनले अपनाएको प्रस्तुतिले यही शैलीलाई फेरि बहसको केन्द्रमा ल्याएको छ।
सुनारको शैलीको एउटा बलियो पक्ष छ, उनी घुमाउरो कुरा गर्दैनन्। जनताले बुझ्ने भाषामा प्रश्न गर्छन् र सार्वजनिक निकायको खर्च तथा कामकारबाहीमाथि सीधा प्रश्न उठाउँछन्। सार्वजनिक लेखा समितिको मूल जिम्मेवारी नै राज्यकोषको खर्च मितव्ययी र प्रभावकारी भए/नभएको जाँच गर्नु भएकाले प्रहरीको खरिद प्रक्रियामाथि प्रश्न उठाउनु उनको जिम्मेवारीकै हिस्सा हो। अनियमितताको आशंका भए कागजात माग्नु, छानबिनको माग गर्नु र सम्बन्धित अधिकारीलाई जवाफदेही बनाउनु सांसदको अधिकार मात्र होइन, दायित्व पनि हो।
समस्या प्रश्न उठाउनुमा होइन, प्रश्न उठाउने शैलीमा देखिन्छ।
प्रकाशित: ७ भाद्र २०८३ १४:०४ आइतबार