नागरिक भिडियो

झलनाथ खनाललाई प्रश्न- कसलाई रोज्नुहुन्छ, केपी ओली कि माधव नेपाल ? (भिडियोसहित)

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले समकालीन वाम राजनीतिका दुई शीर्ष पात्रहरू केपी शर्मा ओली र माधवकुमार नेपालमध्ये आफूले कसैलाई पनि नरोज्ने बताएका छन्।

विगतमा आफूलाई प्रधानमन्त्री बन्न नदिन दुवै नेताले पार्टीभित्रैबाट घेराबन्दी गरेको स्मरण गर्दै उनले अहिलेको अवस्थामा ती दुवैलाई रोज्नुपर्ने कुनै कारण नरहेको बताए।

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै नेता खनालले यस्तो टिप्पणी गरेका हुन्।

संवादका क्रममा सम्पादक अधिकारीले खनाललाई सोधेका थिए, ‘विगतमा तपाईंलाई रोक्ने दुई पात्रमध्ये एकजना अहिले तपाईंकै पार्टीमा सँगै हुनुहुन्छ, अर्को अलग पार्टीमा हुनुहुन्छ। यी दुईमध्ये एकजनालाई रोज्नुपर्‍यो भने कसलाई रोज्नुहुन्छ ?’

जवाफमा नेता खनालले भने, ‘रोज्दिनँ मैले। नरोज्न पाइन्छ कि पाइन्न ? म दुइटैलाई रोज्दिनँ। किन रोज्नुपर्‍यो ? रोज्नुपर्ने कारण केही छ ? म दुइटैलाई रोज्दिनँ।’

प्रथम संविधानसभा निर्वाचनपछि पार्टी अध्यक्ष र संसदीय दलको नेता हुँदाहुँदै आफूलाई प्रधानमन्त्री बन्नबाट रोक्न ओली र नेपालले अस्वाभाविक सर्त तेर्स्याएको खनालले स्मरण गरे।

प्रकाशित: १३ कार्तिक २०८३ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App