भिडियो

मक्कामदिनाको यात्रा...


काठमाडौं- मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्कामदिनामा हज गर्न नेपालबाट मुस्लिम समुदायको टोली साउदी अरेबिया प्रस्थान गरेको छ। गृहमन्त्री रामबहादुर थापाले बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजयात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीहरुलाई बिदाई गरेका बिदाई गरेका छन्। विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ।

यस वर्ष सरकारले साउदी सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ। हजयात्रीहरुलाई विदाई गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई, नेपालका लागि साउदी अरबका राजदूत मुसाइद बिन सुलैमान सहितको उपस्थिति रहेको थियो।

 थप जानकारीका लागि हेर्नुहोस भिडियो:

 

प्रकाशित: २ श्रावण २०७६ ०८:४० बिहीबार

मक्कामदिना मुस्लिम_समुदाय हजयात्रा तीर्थस्थल