भिडियो

स्थानीय तहमा ३० प्रतिशत बजेट नछुट्याएमा कोइरालाको आपत्ति

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रदेश र स्थानीय तहमा तीस प्रतिशत बजेट पनि विनियोजन नगरेकोमा आपत्ति जनाएका छन्।

महामन्त्री कोइरालाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार बलियो भएपनि अठोटका साथ कुनै पनि काम गर्न नसकेको दावी समेत गरे। प्राध्यापक हरिशरण उपाध्यायद्धारा लिखित पुस्तक श्री–जी’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उनले काँग्रेसले समृद्धिका लागि आधार तयार पारेपनि वर्तमान सरकारले त्यसलाई अघि बढाउन नसकेको पनि बताए।

महामन्त्री कोइरालाले काँग्रेसलाई विपी कोइरालाको माग चित्र अनुसार अघि बढाउन आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे। आगामी महाधिवेशनपछि काँग्रेस विपी कोइरालाको मार्ग चित्र अनुसार अघि बढने उनको दावी थियो।

प्रकाशित: २ असार २०७६ ०९:२० सोमबार

नेपाली_कांग्रेस डा._शशांक_कोइराला प्रदेश_र_स्थानीय_तह