भिडियो

बुद्ध एयरले काठमाडौं-कोलकाता उडान गर्ने

काठमाडौं- बुद्ध एयरले सोमबार (भोलि)देखि काठमाडौं-कोलकाता उडान गर्ने भएको छ। निजी क्षेत्रको अग्रणी हवाई सेवा कम्पनी बुद्ध एयरले कोलकाता उडानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

कम्पनीले सुरुमा साताको तीन उडान गर्नेछ। एटिआर ७२ जहाज बाट १ घन्टा ३० मिनेट उडान दुरीको कलकत्ता बिहान आठ बजे नेपालबाट उड्दैछ। बुद्धले सोमबार, बुधबार र शुक्रबार उडान गर्ने बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले बताए।

काठमाडौं–कोलकत्ता उडान सफल भए अन्य अन्तर्राष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए । थप जानकारीका लागि हेर्नुहोस भिडियो:

प्रकाशित: १२ जेष्ठ २०७६ १६:५४ आइतबार

रेन्द्र_बहादुर_बस्नेत बुद्ध_एयर एटिआर_७२ कोलकाता_उडान