भिडियो

नयाँ मोडलको खोजीमा प्रचण्ड!

काठमाडौं-  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्नेमा जोड दिएका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने अध्यक्ष दाहालले चेतावनी दिए। मंगलबार ललितपुरमा सुरु भएको अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई सम्बोधन गर्दै उनले संविधानको मर्म र भावना अनुकूल विकासको नयाँ मोडल खोजी गर्न सम्बन्धित सबै पक्षलाई आह्वान पनि गरे। नयाँ राजनीतिक प्रणालीलाई स्थापित गराउने गरी हाम्रा कार्यशैलीहरुमा परिवर्तन नभए त्यो प्रत्यूत्पादक हुने अध्यक्ष दाहालको भनाई छ।

अध्यक्ष दाहालले सम्मेलनले मानव स्वास्थ्यलाई प्रतिकूल हुने कुनै पनि खालको कृषि उत्पादनलाई निष्तेज पारेर अर्गानिक कृषिबाली उत्पादनमा जोड दिन ठोस योजना तय गर्ने विश्वास पनि व्यक्त गरे । २ दिनसम्म चल्ने सो सम्मेलनमा भारत, भुटान, क्युवालगायतका मुलुकहरु सहभागी भएका छन।

प्रकाशित: ३१ वैशाख २०७६ १०:२७ मंगलबार

पुष्पकमल_दाहाल विकासको_मोडल कृषि_उत्पादन प्राङगारिक_कृषि