भिडियो

अर्जुनले बनाए 'एन्टी रेप मेसिन' (भिडियो)

काठमाडौं- अर्जुन विक सेन्ट जेभियर्स कलेजमा कक्षा ११ मा पढ्दैछन्। उनको रुची विज्ञान र प्रविधिमा छ। काठमाडौंमा चलिरहेको तेस्रो युवा वैज्ञानिक सम्मेलनमा उनी समाजमा कलंकको रुपमा रहेको बलात्कारबाट जोगिने उपाय सहित प्रस्तुत भए। अर्जुनले प्रविधिसँग जोड्दै 'एन्टी रेप मेसिन' बनाए। सामान्य स्रोत साधनमा रहेर मेसिन बनाएको उनी बताउँछन्।

उनले बनाएको एन्टी रेप मेसिन पेटीमा लगाउन सकिन्छ। मेसिनमा सेन्सर, करेन्ट र एसएमएस सुविधा रहेको उनले बताए। कसैले फलो गरेको खण्डमा पनि यो मेसिनले जानकारी दिने प्रविधि उनले यसमा विकास गरेका छन्। जवर्जस्ती पेटी खोल्न खोजे करेन्ट लाग्ने र कसैले रवडको पन्जा लगाएर जवर्जस्ती गर्न खोजे म्यासेज जाने सम्मको प्रविधि आफुले विकास गरेको उनले बताए।

प्रकाशित: २ मंसिर २०७५ ०९:४० आइतबार

बलात्कार एन्टी_रेप मेसिन